images
images

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरद्वारा उत्कृष्ट करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरद्वारा उत्कृष्ट करदाता सम्मानित

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरद्वारा उत्कृष्ट करदाता सम्मानित

    दोधारा चाँदनी / आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले सबैभन्दा बढी कर तिर्ने आठ जना करदातालाई सम्मान गरेको छ ।

    images
    images

    राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले बिहीबार महेन्द्रनगरस्थित सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका सञ्चालक तेज चन्द, केदार जनरल स्टोरका सञ्चालक लवदेव पाण्डेय, शिवकला परिवहन सेवा प्रालि र उदयदेव बहुउद्देश्यीय सहकारी, इन्टरनेसनल  पब्लिक स्कुल, शङ्कर तेज जेभीलाई सम्मान गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । 

    उक्त कार्यालयका अनुसार  व्यक्तिगत आयकरमा वार्षिक रु ४० लाखभन्दा बढी आम्दानी गरेका सुशीलकुमार श्रेष्ठ र कर्मचारीबाट कर अधिकृत किरण डाँगी सम्मानित भएका छन् ।
     
    कर दिवसकै अवसरमा आन्तरिक राजस्व कार्यालयले उद्योगी व्यवसायीका निम्ति कर शिक्षा एवं सचेतना तालिम प्रदान सञ्चालन गरेको छ । 

    आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत डोलिन्द्रप्रसाद शर्माले कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान र उद्योगी व्यवसायीलाई करदाता शिक्षा प्रदान गरिएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार