images
images

मुक्तिनाथ कृषि कम्पनीले बाँड्यो विदेशमा रहेका नेपालीहरूलाई आइपिओ, १७ हजारबढीको हात खाली

मुक्तिनाथ कृषि कम्पनीले बाँड्यो विदेशमा रहेका नेपालीहरूलाई आइपिओ, १७ हजारबढीको हात खाली

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • मुक्तिनाथ कृषि कम्पनीले बाँड्यो विदेशमा रहेका नेपालीहरूलाई आइपिओ, १७ हजारबढीको हात खाली

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपिओ बाँडफाँट गरिएको छ । आज बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौँमा उक्त आइपिओको बाँडफाँड भएको हो । 

    images
    images

    एनआइएमबि एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँमध्ये २० प्रतिशत अर्थात १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाइएको थियो । 

    उक्त सेयर मध्येको १० प्रतिशत अर्थात १ लाख ४० हजार कित्ता सेयर प्रति सेयर १०० रुपैयाँ अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि कार्तिक १० गतेदेखि कार्तिक २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । 

    सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आवेदकहरूमा उक्त निष्काशित सेयरहरूको बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । १ लाख ४० हजार कित्ता सेयर खरिदका लागि ३१ हजार १ सय ९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता सेयरका लागि २ जना आवेदकहरूको आवेदन रितपूर्वक नदेखिएको बिक्री प्रबन्धक कम्पनीले जनाएको छ । 

    त्यस्तै, योग्य ३१ हजार १९४ जना आवेदकहरूबाट ७ लाख २३ हजार ४० कित्ता सेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएको कम्पनीले जानकारी दिएको छ । 

    निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा भएकोले गोलाप्रथाको माध्यमबाट १४ हजार सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल १ लाख ४० हजार कित्ता धितोपत्र बाँडफाँड गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार