images
images

बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन : ब्याजदर २ प्रतिशतभन्दा बढी फरक नपार्नु

बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन : ब्याजदर २ प्रतिशतभन्दा बढी फरक नपार्नु

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन : ब्याजदर २ प्रतिशतभन्दा बढी फरक नपार्नु

    काठमाडौँ / नेपाल राष्ट्रले बैङ्क तथा वित्तीय संस्थालाई ब्याजदर २ प्रतिशतभन्दा बढी फरक नपार्न निर्देशन दिएको छ । केन्द्रीय बैङ्कले मङ्गलबार एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो । 

    images
    images

    बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्जा लगानी र ब्याजदरको विषयमा सचेत गराउँदै नियामक निकाय राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा ऋणीहरूबीचको ब्याजदर अन्तरबारे स्पष्ट पारेको हो । 

    “एकै प्रकारका कर्जामा समेत ग्राहकहरूकाबिच ब्याजदरमा अत्यधिक असमानता देखिएकोले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ,” केन्द्रीय बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ । 

    साथै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरू बुझेर मात्र कर्जा लिन सर्वसाधरणलाई सचेत गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार