images
images

सिन्धु विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

सिन्धु विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • सिन्धु विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

    काठमाडौँ / सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितका आर्थिक सहयोग गरेको छ ।

    images
    images

    कम्पनीले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको बताएको छ ।

    विगतमा पनि बैंकले यस किसिमका राष्ट्रिय विपत्तीमा सहयोग गर्दै आइरहेकोे तथा भविष्यमा समेत यस्ता सहयोगहरु जारी रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले जानकारी दिए । 

    सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित उक्त बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी पाँच वटा जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सीमित बैंकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

    कम्पनीले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार