काठमाडौँ / छठ पर्वको दिन आइतबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरूले कमलपोखरी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई पूजाआजा गर्ने र भोलीपल्ट उदाउदो सूर्यलाई अर्घ दिने प्रचलन छ ।
स्रोत : RSS / arthadabali.com
