images
images

२४ बर्षपछि नेपालमा इफाप्का सम्मेलन हुँदै, १० लाख डलरबढी रकम भित्रिने अनुमान

२४ बर्षपछि नेपालमा इफाप्का सम्मेलन हुँदै, १० लाख डलरबढी रकम भित्रिने अनुमान

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • २४ बर्षपछि नेपालमा इफाप्का सम्मेलन हुँदै, १० लाख डलरबढी रकम भित्रिने अनुमान

    काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासङ्घको आयोजनामा २४ बर्षपछि नेपालमा इफाप्का सम्मेलन हुने भएको छ । महासङ्घले सन् २०२३ नोभेम्बर २१ देखि २५ (मंसिर ५ देखि ९ गते)सम्म काठमाडौँमा  Partnering in Sustainable Infrastructure भन्ने नारासहित उक्त सम्मेलन आयोजना गर्ने भएको हो । 

    images
    images

    यसअघि नेपालले २४ वर्ष अघि सन् १९९९ मा अग्रज निर्माण व्यवसायी गणेश लाल श्रेष्ठ इफाप्का अध्यक्ष रहेको समयमा काठमाडौँमा ३० औ इफाप्का सम्मेलनको आयोजना गरेको थियो । त्यसको २४ बर्षपछि यस बर्ष महासङ्घ अध्यक्ष रहेको इफाप्का International Federation of Asian and Western Pacific Contractors' Association को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो । 

    दोस्रो पटक आयोजना गर्न लागेको ४६ औ इफाप्का सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न इफाप्का तथा महासंघ अध्यक्ष रवि सिंहको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत महासङ्घले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

    विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि प्रभावित भएको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इफाप्का सम्मेलन महत्त्वपूर्ण हुने महासङ्घको दावी छ ।

    बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने हाम्रा अपेक्षा रहेको महासङ्घले जनाएको छ । “सम्मेलनका क्रममा १० लाख डलर भन्दा बढी रकम नेपाल भित्रने अनुमान हामीले गरेका छौँ,” महासङ्घको विज्ञप्तिमा उल्लेख छ।

    सम्मेलनको उद्घाटन मंसिर ६ गते, बुधवार बिहान ८ बजे हायात होटल बौद्ध काठमाडौँमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् भने उक्त कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिवहरू,  कर्मचारीहरूसहित देश विदेशका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । 

    सो क्रममा राष्ट्रपतिले देश विदेशका पूर्वाधारविद्हरूका लेख रचनाहरूसहित इफाप्काका गतिविधिहरू समेटिएको स्मारिका सार्वजनिक गर्नेछन् । 

    सम्मेलनमा स्वदेशका १ सय ५८ विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुनेछन्। पर्यवेक्षकको रुपमा पनि केही प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुनेछन् । काठमाडौ घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिनेछ ।

    सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूका लागि मंसिर ४,५ र ६ गते रजिष्ट्रेशन गर्ने समय तोकिएको छ । ५ गते नै फाइनान्स कमिटि मिटिङ, प्रेसिडेन्सियल कनक्लेम र एक्जिक्यूटिन बोर्ड मिटिङ आयोजना गरिने महासङ्घले जनाएको छ। सम्मेलन उद्घाटन भएपछि जनरल एसेम्बली सहित विभिन्न कमिटीहरूको बैठक आयोजना हुने बताइएको छ ।

    त्यस्तै मंसिर ७ गते विहिवार बिहान ८ः४५ बजे आयोजना हुने Partnering in Sustainable Infrastructure  इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुनेछ । 

    यसैदिन सम्मेलनमा केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमण Accompany Person Tour मा जानेछन् भने दोस्रो एक्जिक्यूटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिर्डस् EYL कार्यक्रम आयोजना गरिनेछ । यसै दिन गोकर्ण गल्फ मैदानमा एफक्यान इफाप्का गलफ कार्यक्रम राखिएको छ ।

    मंसिर ८ गते शुक्रवार दोस्रो जनरल एसेम्बली, नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिन बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण (Technical Tour) कार्यक्रम राखिएको छ । 

    मंसिर ७ र ८ मा Bussiness to Bussiness Opportunities मिटिङ आयोजना गरिनेछ । यसै सम्मेलनमार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हाली रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्नेछन् । 

    सिंहको कार्यकालमा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहेका विरेन्द्र राज पाण्डेले महासचिव र कार्य समिति सदस्य सुशीलकुमार श्रेष्ठले बोर्ड मेम्बरको भूमिका निर्वाह गरेको महासङ्घले जनाएको छ । 

    इफाप्कामा आवद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको वर्तमान परिप्रेक्ष्यमा सम्मेलनको मुख्य नारा Partnering in Sustainable Infrastructure मा केन्द्रित रहेको छ । 

    सम्मेलनमा विज्ञहरूबीच घनिभूत छलफल भई ठोस निष्कर्षसहित काठमाडौँ घोषणा पत्र जारी हुने विश्वास रहेको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इफाप्का एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छातासंस्था हो भने महासङ्घले सन् १९९३ देखि यसको सदस्य बनेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार