images
images

तीन महिनामा ६.२ प्रतिशतले बढ्यो सेयर धितो कर्जा

तीन महिनामा ६.२ प्रतिशतले बढ्यो सेयर धितो कर्जा

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • तीन महिनामा ६.२ प्रतिशतले बढ्यो सेयर धितो कर्जा
    images
    images

    काठमाडौँ / पछिल्लो समयमा शेयर धितो कर्जाको बढ्न थालेको छ । तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को साउन महिनादेखि सेयर धितो राखेर कर्जा लिनहरु ह्वात्तै बढ्न थालेको हो । 

    तथ्याङ्क अनुसार पछिल्लो ३ महिनामा (साउनदेखि असोजसम्ममा) सेयर धितो कर्जा ४ अर्ब ७० करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा आइपुग्दा यो ६.२ प्रतिशत अर्थात ४ अर्ब ७० करोड ९३ लाख रुपैयाँले बढेर ८१ अर्ब १ करोड रुपैयाँ पुगेको हो । 

    पछिल्लो समयमा बैंकहरूको ब्याजदर घट्न थालेसंगै सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ । प्रणालीमा तरलता सहज भएपछि बैंकहरूको ब्याजदर घट्दै गएको छ । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह भने बढ्दै गएको हो । यसैगरी, सेयर बजार घटेर निकै सस्तो हुँदा पनि लगानीकर्ताले कर्जा लिएर भए पनि सेयर किन्न थालेको अनुमान पनि गरिएको छ । 

    यता, चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गर्यो । व्यवस्था लागू भएसँगै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म सेयर धितो कर्जा लिने लगानीकर्ताको संख्या ह्वातै बढेको छ । 

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ३ महिनामा २५ लाखदेखि ५० रुपैयाँसम्मको सेयर धितो कर्जा लिने दोहोरो अङ्कले बढेका हुन् । गत असार मसान्तसम्ममा यस्तो कर्जा १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने २५ लाखदेखि ५० लाखसम्म सेयर धितो कर्जा ११ प्रतिशतले बढेको हो । असोज मसान्तसम्ममा भने थप १ अर्ब ४० करोड ६० लाख रुपैयाँले बढेर यस्तो सीमाको कर्जा १४ अर्ब १८ करोड ७० लाख माथि पुगेको छ ।

    केही समय अघि मात्रै राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमा बढाएको छ । जसअनुसार एकल व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँ पुर्याइएको छ । यसले पनि सेयर कर्जा बढ्न सहयोग पुगेको अनुमान छ । असोज महिनामा मात्रै सेयर कर्जा ३ अर्ब ३२ करोड रुपैयाँ बढेको छ ।

    यस्तै, २५ लाख रुपैयाँभन्दा कम सेयर धितो कर्जा लिने पनि ५.२ प्रतिशतले बढेका छन् । गत असार मसान्तसम्ममा यस्तो सीमामा कुल ७ अर्ब ३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने बढेर ७ अर्ब १५ करोड ५० लाख नाघेको छ ।

    राष्ट्र बैंकका अनुसार १ करोडभन्दा माथि कर्जा लिनेको सङ्ख्यामा पनि सुधार देखिएको छ । गत असार मसान्तसम्ममा यस्तो सीमामा कुल ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, तीन महिनामै ७.२ प्रतिशतले बढेर ४७ अर्ब ९५ करोड ५० लाख रुपैयाँ कटेको छ ।

    नियामक निकाय राष्ट्र बैंकले मौद्रिक नीतिमा ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरेको छ । केन्द्रीय बैंकको यो व्यवस्थाले नै ५० लाखसम्मको सेयर धितो कर्जा लिने लगानीकर्ता बढेका हुन् । केन्द्रीय बैंकले गत आवको मौद्रिक नीतिबाट सेयर धितो कर्जामा व्यक्तिगत सीमा अधिकतम १२ करोड र एउटा बैंकबाट ४ करोड रुपैयाँको सीमा तोकेको थियो । 

    तर, चालु आवको नीति मार्फत भने लचकता अपनाई ४ करोडको सीमा हटाएको छ । उक्त सीमा हटाएपछि अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था लागू भएको छ ।

    राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा कुल सेयर धितो कर्जा प्रवाह ७६ अर्ब ४१ करोड २० लाख माथि थियो । यस्तै, गत भदौ मसान्तसम्म भने थप १ अर्ब २७ करोड ५० लाख रुपैयाँले बढे ७७ अर्ब ६८ करोड ७० लाख माथि पुगेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार