images
images

एनआरएनएको प्रवक्तामा पन्त मनोनित, १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा केसी

एनआरएनएको प्रवक्तामा पन्त मनोनित, १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा केसी

मंगलवार, कार्तिक २८ २०८०
मंगलवार, कार्तिक २८ २०८०
  • एनआरएनएको प्रवक्तामा पन्त मनोनित, १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा केसी

    काठमाडौँ  / गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा फणिन्द्र पन्तलाई मनोनयन गरिएको छ । अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार ९१३ नोभेम्बर २०२३० बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले पन्तलाई आगामी दुई वर्षको लागि मनोनयन गर्ने निर्णय गरिएको हो ।

    images
    images

    बैठकले विभिन्न पदाधिकारीहरूलाई विभागीय जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ तथा सोम सापकोटालाई जिम्मेवारी तोकिएको छ  ।

    लगानी विभाग प्रमुखमा डा। केशव पौडेल र सदस्य सचिवमा पारसमणी पोखरेल, आर्थिक विभाग प्रमुखमा सुदन थापा र सदस्य सचिवमा अभिमन्यू बस्नेत, कृष्ण प्रसाद तिमल्सिना, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन)लाई जिम्मेवारी तोकिएको छ ।  संघको परोपकार विभागमा संघका उपाध्यक्ष डा। हेम राज शर्मा र सदस्य सचिवमा नवराज रोस्यारा तोकिएका छन् ।

    महिला विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई, सदस्य सचिवमा अनुजा प्रधान र युवा विभागको प्रमुखमा रोशन थापा, सदस्यसचिवमा सुपेन्द्र घिसिङलाई जिम्मेवारी तोकिएको छ ।

    यस्तै नेपाल प्रर्वधन विभागको प्रमुखमा रोबिन शेरचन, सदस्य सचिवमा भीम कमल केसी, वैदेशिक रोजगार विभागको प्रमुखमा राज रेग्मी, सदस्य सचिवमा मनोज गोर्खाली, एनआरएन सामाजिक कल्याण विभाग प्रमुखमा रामशरण सिम्खडा, सदस्य सचिवमा स्वतन्त्र प्रताप, सीप तथा प्रविधि विभागिय प्रमुखमा डा. विनोद श्रेष्ठ, सदस्य सचिवमा डा। ज्ञानेन्द्र रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

    यस्तै ११ औँ महाधिवेशनमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने क्रममा देखा परेको समस्याको छानबिन गर्न अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय भएको छ भने बैठकले संघको निर्वाचनमा अध्यक्षका प्रत्यासीद्धय आरके शर्मा र महेश श्रेष्ठलाई  छानबिनमा सहयोग गर्न पुनः पत्राचार गर्ने निर्णय गरिएको छ ।

    संघको नाम र लोगो अनधिकृत रूपमा प्रयोग गर्दै आएका विभिन्न समूहलाई कानूनको दायराभित्र ल्याएर समस्याको समाधान खोज्ने निर्णय  समेत भएको छ ।   

    बैठकमा संघको ११ औं महाधिवेशनको निर्वाचनमा सपथ लिन बाँकी पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार