images
images

फूडमान्डुको १३ औँ वार्षिकोत्सव : कम्बोमा ५१ प्रतिशतसम्म छुट, रेष्टुरेन्टहरूबाट नि:शुल्क मिठाइ प्रदान गरिने

फूडमान्डुको १३ औँ वार्षिकोत्सव : कम्बोमा ५१ प्रतिशतसम्म छुट, रेष्टुरेन्टहरूबाट नि:शुल्क मिठाइ प्रदान गरिने

सोमवार, कार्तिक २७ २०८०
सोमवार, कार्तिक २७ २०८०
  • फूडमान्डुको १३ औँ वार्षिकोत्सव : कम्बोमा ५१ प्रतिशतसम्म छुट, रेष्टुरेन्टहरूबाट नि:शुल्क मिठाइ प्रदान गरिने

    काठमाडौँ / नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औँ वर्ष पूरा गरेको छ । फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहीको लागि पहिलो रोजाई हुन सफल भएको कम्पनीले दावी गर्दै आएको छ । 

    सो अवसरमा बोल्दै फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले भने, “फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्ष अगाडि फूडमान्डुको शुरुवात गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ । हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पु¥याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरूप्रति हामी आभारी छौँ ।”

    यसैगरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले भने, “फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको छ, जुन हामी सबैको लागि महत्त्वपूर्ण कोशेढुङ्गा हो । हाम्रो यो कोसेढुङ्गासम्म ल्याइपु-र्याउनु हुने हाम्रा ग्राहकहरूलाई धन्यवाद दिनको लागि हामीले ‘टिन इयर म्याजिक’ अफर ल्याएका छौँ ।” 

    उक्तअफर अन्तर्गत फूडमान्डुले कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशतसम्म फ्ल्याट छुटसहित विभिन्न अफरहरू प्रदान गरिरहेको जनाएको छ । 

    यसका साथै कम्पनीले वार्षिकोत्सवको दिनमा अर्थात कार्तिक २५ मा प्रत्येक अर्डरमा प्रोमो कोड ‘टिन योर म्याजिक’को प्रयोगमा थप १३ प्रतिशत छुट पनि दिइरहेको जानकारी दिएको छ । 

    “हाम्रो वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउन हामीले विभिन्न रेष्टुरेन्टहरूबाट निशल््क मिठाईहरू पनि प्रदान गर्दैछौँ । साथै, मःमः, चिकेन विङ्ग जस्ता अर्डरहरूमा ३ पिस थप गरेर १३ पिस प्रदान गर्दैछौँ । यससँगै नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू पनि छन्,” उनले भने । 

    फुडमाण्डुले विभिन्न चरणहरूमा लगानी सङ्कलन गर्न सफल भएको छ । सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट सङ्कलन गर्न सफल भएको थियो भने सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी सङ्कलन गरेको थियो । झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठुलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र सङ्कलन गर्न सफल भएको थियो ।

    सुरुवाती दिनहरूमा केवल १० मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कलमार्फत नै अर्डर दिन्थे । तर आजको दिनमा ९५ प्रतिशत अर्डरहरू फूडमान्डुको मोबाइल एप मार्फत आउँछ, जुन अहिलेसम्म ५ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

    कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्त्वपूर्ण परिवर्तनलाई देखाएको छ । साथै सुरुवातमा केवल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्ध थिए भने आजको दिनमा १४०० रेस्टुरेन्टहरू आवद्व छन् भने २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् ।  

    फूडमान्डुले आजसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरूलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नुपर्ने बाध्यता पनि हटेपछि अझै बढी ग्राहकहरूले फूडमान्डुमार्फत अर्डर गर्न थालेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार