images
images

फूडमान्डुले १३ औं वार्षिकोत्सवको अवसरमा यस्ता छन् अफरहरु

फूडमान्डुले १३ औं वार्षिकोत्सवको अवसरमा यस्ता छन् अफरहरु

शनिवार, कार्तिक २५ २०८०
शनिवार, कार्तिक २५ २०८०
  • फूडमान्डुले १३ औं वार्षिकोत्सवको अवसरमा यस्ता छन् अफरहरु

    काठमाडौँ/  नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३ औं वर्ष पूरा गरेको छ ।

    आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता अझै बढ्दै गइरहेको छ कम्पनीको दाबी छ । 
    अनलाइन फूड अर्डर गर्न चाहने जो कोहीको लागि पहिलो रोजाई हुन सफल भएको कम्पनीले जनाएको छ । 

    यस अवसरमा फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले भने, “फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्ष अगाडि फूडमान्डुको शुरुवात गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले  दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ ।

    हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पु¥याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरुप्रति हामी आभारी छौँ ।”

    यसैगरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले भने, “फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको छ, जुन हामी सबैको लागि महत्वपूर्ण कोशेढुंगा हो । 


    हाम्रो यो कोसेढुङ्गासम्म ल्याइपु¥र्याउनुहुने हाम्रा ग्राहकहरुलाई धन्यवाद दिनको लागि हामीले “टिन इयर म्याजिक” अफर ल्याएका छौँ । यो अफर अन्तर्गत हामीले कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशतसम्म फ्ल्याट छुट सहित विभिन्न अफरहरू प्रदान गरिरहेका छौँ ।

    यसका साथै हामीले वार्षिकोत्सवको दिनमा अर्थात कार्तिक २५ मा प्रत्येक अर्डरमा प्रोमो कोड “TeenYearMagic ” को प्रयोगमा थप १३ प्रतिशत छुट पनि दिइरहेका छौँ । हाम्रो वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउन हामीले विभिन्न रेष्टुरेन्टहरूबाट निशल््क मिठाईहरू पनि प्रदान गर्दैछौँ ।

    साथै मःमः,चिकेन विङ्ग जस्ता अर्डरहरुमा ३ पिस थप गरेर १३ पिस प्रदान गर्दैछौँ । यससँगै नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू पनि छन् ।”

    फुडमाण्डुले विभिन्न चरणहरुमा लगानी संकलन गर्न सफल भएको छ । सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गर्न सफल भएको थियो भने सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो । झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको थियो ।

    सुरुवाती दिनहरुमा केबल १० मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कलमार्फत नै अर्डर दिन्थे । तर आजको दिनमा ९५ प्रतिशत अर्डरहरू फूडमान्डुको मोबाइल एपमार्फत आउने गरेको कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ । उक्त एप्स अहिलेसम्म ५,००,००० भन्दा बढीपटक डाउनलोड भइसकेको जनाएको छ । 
    यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको कम्पनीले जनाएको छ ।

    सुरुवातमा केबल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्व थिए भने आजको दिनमा १४०० रेस्टुरेन्टहरू आवद्व छन् 

    । २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् । फूडमान्डुले आजसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको जनाएको छ । 


    भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नुपर्ने बाध्यता पनि हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डुमार्फत अर्डर गर्न थालेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार