images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

असोज मसान्तसम्म मुद्रास्फीति ७.५० प्रतिशत छ भने शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ ।

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आलू आव २०८०/८१ को तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ भने आयात १.७ प्रतिशत वृद्धि हुँदा निर्यात २.३ प्रतिशतले घटेको छ ।

    images
    images

    कुल वस्तु व्यापार घाटा भने २.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसैगरी  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३०.० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको केन्द्रीय बैङ्कको तथ्याङ्क छ ।

    असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको खर्च २ खर्ब ८० अर्ब ५७ करोड र राजस्व परिचालन २ खर्ब १९ अर्ब १२ करोड रहेको छ ।

    यसैगरी विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप संकलन २.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले वृद्धि भएको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.८ प्रतिशत रहेको छ ।

    हेर्नुस् पूर्णपाठ

    उपभोक्ता मुद्रास्फीति 

    २०८० असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ । 

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ ।

    गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.२५ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ । 

    २०८० असोज महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो । 

    थोक मुद्रास्फीति 

    २०८० असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तुर पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ५.३० प्रतिशत, १.३२ प्रतिशत र २.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.३४ प्रतिशतले घटेको छ ।

    तलब तथा ज्यालादर सूचकाङ्क 

    २०८० असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।

    वैदेशिक व्यापार 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई रु.४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ९.४ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैंची, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई रु.४०७ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकतर्फको आयात २२.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । 

    निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

     आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्धि भई रु.३६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो । 

    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.४५ अर्ब ५८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.३४ अर्ब ५९ करोड बराबरको भएको थियो । 

    वैदेशिक व्यापारको संरचना 

    वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.२ प्रतिशत र ४४.५ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७.० प्रतिशत, ०.०३ प्रतिशत र ४३.० प्रतिशत रहेको थियो । 

    समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५०.६ प्रतिशत, पुँजीगत वस्तुको ८.५ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४०.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.२ प्रतिशत, ८.३ प्रतिशत र ३८.५ प्रतिशत रहेका थिए । 

    निर्यात–आयात मूल्य सूचकाङ्क 

    वार्षिक विन्दुगत आधारमा २०८० असोज महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (Unit Value Index) ४.२ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४.२ प्रतिशतले घटेको छ । २०८० असोज महिनामा व्यापारको शर्त (Terms of Trade) ८.८ प्रतिशतले बढेको छ । 

    सेवा 

    समीक्षा अवधिमा खुद सेवा आय रु.२९ अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.२३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । 

    सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११ अर्ब २४ करोड रहेको थियो ।

     समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई रु.५१ अर्ब ८० करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.३२ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२९ अर्ब ४१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु. १७ अर्ब ८९ करोड रहेको थियो । 

    विप्रेषण आप्रवाह 

    समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई रु.४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो । 

    चालु खाता एवम् शोधनान्तर स्थिति 

    समीक्षा अवधिमा चालु खाता रु.५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ । 

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई रु.१ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्व ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ करोड ९६ लाखले धनात्मक रहेको थियो । 

    समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ । 

    कुल विदेशी विनिमय सञ्चिति 

    २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा रु.१६४३ अर्ब ९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई रु.१४३३ अर्ब ३६ करोड पुगेका छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्क बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई रु.२०९ अर्ब ७३ करोड कायम भएको छ । २०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ । 

    सञ्चिति पर्याप्तता सूचक 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

    कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

    अन्तर्राष्ट्रिय बजारमा २०७९ असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९१.०४ रहेको कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०८० असोज मसान्तमा १.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ९२.५२ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ असोज मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १६६४.७५ रहेकोमा २०८० असोज मसान्तमा १५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९२८.२० पुगेको छ । 

    विनिमय दर 

    २०८० असार मसान्तको तुलनामा २०८० असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो । २०८० असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १३२.९५ पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर रु.१३१.१७ रहेको थियो । 

    सरकारी वित्त स्थिति नेपाल सरकार खर्च तथा राजस्व 

    नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा नेपाल सरकारको कुल खर्च रु.२८० अर्ब ५७ करोड भएको छ । सरकारी खर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा चालु खर्च रु.२१३ अर्ब ३९ करोड, पँुजीगत खर्च रु.१७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च रु.४९ अर्ब ३५ करोड रहेको छ । 

    समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.२१९ अर्ब १२ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.१९९ अर्ब ४६ करोड र गैर कर राजस्व रु.१९ अर्ब ६५ करोड परिचालन भएको छ । 

    नेपाल सरकारको नगद मौज्दात

    २०८० असोज मसान्तमा यस बैङ्कमा रहेका सरकारका विभिन्न खातामा रु.१७१ अर्ब ५१ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड रहेको थियो । 

    प्रदेश सरकार खर्च तथा राजस्व 

    समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब ४८ करोड र स्रोत परिचालन रु.३६ अर्ब ७३ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.२५ अर्ब ८१ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु १० अर्ब ९२ करोड रहेको छ ।

    मौद्रिक स्थिति मुद्राप्रदाय 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ, जुन २०७९ असोजमा ५.३ प्रतिशतले मात्र बढेको थियो । 

    समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.९९ अर्ब ७ करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१२ अर्ब ४३ करोड (१.१ प्रतिशत) ले बढेको थियो । 

    समीक्षा अवधिमा सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ६.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा सञ्चित मुद्रा २.१ प्रतिशतले बढेको छ । 

    कुल आन्तरिक कर्जा 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको छ । 

    समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ३.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो दावी २९.१ प्रतिशतले बढेको छ । 

    समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी १.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.६ प्रतिशतले बढेको छ ।

    निक्षेप परिचालन 

    समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.१५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२२ अर्ब ६९ करोड (०.४ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ । 

    २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २६.७ प्रतिशत र ५९.० प्रतिशत रहेको थियो । 

    २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । २०७९ असोज मसान्तमा यस्तो निक्षेपको अंश ३७.० प्रतिशत रहेको थियो ।

    कर्जा प्रवाह 

    समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१०९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५९ अर्ब ११ करोड (१.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ । 

    २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो । 

    समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैङ्कहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ । 
    २०८० असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.० प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६६.७ प्रतिशत रहेको थियो । 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले बढेको छ । 

    समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.० प्रतिशतले, नगद प्रवाह कर्जा १५.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १५.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.१ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३९.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), र हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घटेको छ । 

    तरलता व्यवस्थापन

    समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले यस बैङ्कबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.२३८ अर्ब २९ करोड गरी कुल रु.२३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद रु.२३५५ अर्ब ९ करोड तरलता प्रवाह गरिएको थियो ।

    समीक्षा अवधिमा यस बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरु) बाट अमेरिकी डलर १ अर्ब २५ करोड ६३ लाख खुद खरिद गरी रु.१६६ अर्ब ५४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब १९ करोड ९७ लाख खुद खरिद गरी रु.१५४ अर्ब ४ करोड तरलता प्रवाह गरिएको थियो । 

    समीक्षा अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी रु.९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड बिक्री गरी रु.१३० अर्ब ४१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

    पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा छद्द। यस बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० असोज मसान्तमा रु.१ अर्ब २० करोड लगानीमा रहेको छ । 
    २०८० असोज मसान्तमा १ लाख ४२ हजार ३ सय ५ ऋणीलाई प्रवाह भएको रु.१८७ अर्ब ८८ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ

    । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५८ हजार ५सय ७० ऋणीलाई प्रवाह भएको रु.१३१ अर्ब १० करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८१ हजार १ सय २१ महिला उद्यमीलाई प्रवाह भएको रु.५४ अर्ब ३ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय १४ ऋणीको रु.२ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । 

    “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० असोज मसान्तमा रु.५० करोड ६६ लाख बक्यौता रहेको छ । 

    अन्तर–बैङ्क कारोबार 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा वाणिज्य बैङ्कहरुको रु.१३०९ अर्ब ७३ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैङ्कहरुबीच बाहेक) को रु.१८४ अर्ब ३५ करोड गरी कुल रु.१४९४ अर्ब ८ करोडको अन्तर–बैङ्क कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरुको रु.८५६ अर्ब २ करोड र अन्य वित्तीय संस्थाहरुको रु.८५ अर्ब ५८ करोड गरी कुल रु.९४१ अर्ब ६० करोडको अन्तर बैङ्क कारोबार भएको थियो । 

    ब्याजदर 

    २०७९ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैङ्क कारोबारको भारित औसत ब्याजदर २०७९ असोजमा ८.५१ प्रतिशत रहेकोमा २०८० असोजमा २.२६ प्रतिशत रहेको छ । 

    २०८० असोजमा वाणिज्य बैङ्कहरुको औसत आधार दर ९.९४ प्रतिशत, विकास बैङ्कहरुको १२.३० प्रतिशत र वित्त कम्पनीहरुको १३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा वाणिज्य बैङ्कहरुको औसत आधार दर १०.३४ प्रतिशत रहेको थियो । 

    २०८० असोजमा वाणिज्य बैङ्कहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९० प्रतिशत, विकास बैङ्कहरुको ९.३६ प्रतिशत र वित्त कम्पनीहरुको १०.१९ प्रतिशत रहेको छ । २०७९ असोजमा वाणिज्य बैङ्कहरुको निक्षेपको भारित औसत ब्याजदर ८.१६ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० असोजमा वाणिज्य बैङ्कहरुको १२.११ प्रतिशत, विकास बैङ्कहरुको १३.९१ प्रतिशत र वित्त कम्पनीहरुको १४.६१ प्रतिशत रहेको छ । २०७९ असोजमा वाणिज्य बैङ्कहरुको कर्जाको भारित औसत ब्याजदर १२.१९ प्रतिशत कायम भएको थियो ।

    वित्तीय पहुँच 

    यस बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरुको संख्या २०८० असोज मसान्तमा ११२ रहेको छ । यसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११,५८९ रहेकोमा २०८० असोज मसान्तमा ११,५७८ कायम भएको छ ।

    पुँजी बजार 

    २०७९ असोज मसान्तमा १८५८.३३ रहेको नेप्से सूचकाङ्क २०८० असोज मसान्तमा १८६४.६२ कायम भएको छ ।

    २०८० असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.२८६१ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असोज मसान्तमा बजार पुँजीकरण रु.२६७२ अर्ब ७९ करोड रहेको थियो । 

    २०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो । 

    सूचीकृत कम्पनीहरूमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्ब ८४ करोड शेयरको चुक्ता मूल्य रु.७७२ अर्ब ९० करोड रहेको छ । 

    आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस शेयर र रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। 

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ३३ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब १३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार