images
images

एफवान सफ्ट ग्रुपद्वारा भूकम्प पीडितका लागि ३० लाख सहयोग

एफवान सफ्ट ग्रुपद्वारा भूकम्प पीडितका लागि ३० लाख सहयोग

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • एफवान सफ्ट ग्रुपद्वारा भूकम्प पीडितका लागि ३० लाख सहयोग

    काठमाडौँ / नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट गु्रपले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार ३० लाख रुपैयाँ जम्मा गरेको हो । कोषमा एफवान सफ्ट ग्रुप अन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट गु्रपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् । 

    केहिदिन अघि गएको भूकम्पमा परि जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षति भएको छ । उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार