काठमाडौँ / बोटलर्स नेपाल तराईले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ६० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।