images
images

गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितलाई १ करोड सहयोग

गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितलाई १ करोड सहयोग

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितलाई १ करोड सहयोग

    काठमाडौँ / गोर्खा ब्रुअरी प्राइभेट लिमिटेडले भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । 

    उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् । 

    डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै  आएको, विशेष गरि कोभिड महामारी र २०७२ को महाभूकम्प पछि  कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे । 

    यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार