images
images

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा २१२.९६ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा २१२.९६ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा २१२.९६ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?
    images
    images

    काठमाडौं / साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत बर्षको सोहि अवधीके तुलनामा २१२.९६ प्रतिशत धेरै हो ।

    गत वर्षको असोजसम्म कम्पनीले ६१ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । यस्तै, कम्निीको खुद नाफा बढेसंगै कम्पनीको आम्दानी पनि बढेको छ । गत वर्ष १ अर्ब ५४ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको बिक्री आम्दानी अहिले बढेर २ अर्ब ९२ करोड ९० लाख २२ हजार पुगेको छ । 

    यता कम्पनीको अन्य आम्दानी १ करोड ३ लाखबाट बढेर १ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । गत वर्ष उक्त खर्च १० करोड ४७ लाख १२ हजार रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा (वार्षिकीकरण) रहेको छ । 

    यता, प्रतिसेयर नेटवर्थ भने ४०७ रुपैयाँ १९ पैसा छ । हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ छ । यसको जगेडा तथा मुनाफा शीर्षकमा १ अर्ब ३२ करोड ७० लाख ४७ लाख रुपैयाँ जम्मा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार