images
images

सुरक्षा मापदण्डमा बिवाइडी डल्फिन र बिवाइडी सिलले पाए अष्ट्रेलियामा फाइभ स्टारको मुल्याङ्कन

सुरक्षा मापदण्डमा बिवाइडी डल्फिन र बिवाइडी सिलले पाए अष्ट्रेलियामा फाइभ स्टारको मुल्याङ्कन

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • सुरक्षा मापदण्डमा बिवाइडी डल्फिन र बिवाइडी सिलले पाए अष्ट्रेलियामा फाइभ स्टारको मुल्याङ्कन
    images
    images

    अस्ट्रेलियाको नयाँ कारको मुल्याङ्कन गरिने कार्यक्रम (ANCAP) अन्तर्गतको नवीन (ANCAP) परीक्षण मापदण्ड अनुसर बिवाइडी डल्फिन र बिवाइडी सिलले हालै मात्र सुरक्षामा फाइभ स्टार मुल्यांकन प्राप्त गरेको छ।

     
    अस्ट्रेलिया र न्युजिल्याण्डको सवारी साधनको सुरक्षामा स्वतन्त्र अवाज (ANCAP) ले २०२३ देखि आफ्नो मुल्याङ्कनको मापदण्ड विस्तार गरेको हो।

    सुरक्षाका फाइभ स्टार मुल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरुले सबै परीक्षणहरुमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र  आधुनिक सुरक्षाका प्रविधिहरुले  उत्कृष्ट  मानिन्छ । 

    (ANCAP) को रिपोर्ट अनुसार बिवाइडी सिलले OBLIQUE POLE परिक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क प्राप्त गरेको  कम्पनीले जनाएको छ ।

    byd car.JPG

    यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ । यी नतिजाहरुले बिवाइडीको सुरक्षाप्रतिको दृढता झल्किन्छ । 

    बिवाइडी डल्फिनले अगाडी परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अङ्क हासिल गरेको छ । 

    साथै, बिवाइडी डल्फिनले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरु मध्यममा  सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क हासिल गरेको कम्पनीले जनाएको छ । 

    यी दुवै मोडलको AEB Head–On प्रणालीले शानदार प्रदर्शन गरेका छन् । त्यसैगरी यी दुई मोडलमा ब्ल्ऋब्ए को नयाँ मापदण्ड मुल्याङ्कन अनुसारको ’ढोका खुला हुने’ प्रविधि क्षमता रहेको कम्पनीको दाबी छ । 
    प्रविधिले यदि कार पानीमा डुबेको खण्डमा कारको ढोका दुई मिनेटसम्म बन्द नहुने भनिएको छ ।

    (ANCAP) का प्रमुख कार्यकारी अधिकृत  Carla Hoorweg, BYD का यी मोडलहरुको प्रदर्शनी प्रति सन्तुष्टि व्यक्त गर्दै भन्छन्, “हाम्रो २०२३ को परिक्षण र मुल्याङ्कन मापदण्डमा थप उच्च स्तरिय संरचनात्मक सुरक्षाका साथै उत्पादनका क्षेत्रमा नवीन चुनौतीका सक्रिय सुरक्षा प्रविधिहरुको आवस्यकता माग गरेका थियौँ र, खुसिको कुरो, यो बर्ष अहिले सम्ममा यी तिनै मोडलले फाइभ स्टारको मुल्यांकन पाएका छन् ।’’

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार