images
images

आइएसएमटी कलेजद्वारा भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ सहयोग

आइएसएमटी कलेजद्वारा भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ सहयोग

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • आइएसएमटी कलेजद्वारा भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ सहयोग


    काठमाडौँ / आइएसमटी कलेजले भूकम्प पीडितको सहयोगका लागि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । कलेजले कार्तिक १७ गते शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित भएकाहरूको सहयोगार्थ कलेजले आर्थिक सहयोग उपलब्ध गराउने भएको हो । 

    images
    images

    भूकम्पले दुई जिल्लामा ठुलो धनजनको क्षति भएकोले पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उद्देश्यले आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि सो रकम उपलब्ध गराएको जनाएको छ । 

    मङ्गलबार एक विज्ञप्ति जारी गर्दै कलेजले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेको छ । भूकम्पबाट घाइते भएकाहरूको शीघ्र स्वस्थ्यलाभाको कामना गर्दै विपद्को दुखद् घडिमा खोज, उद्दार, उपचार तथा राहतका लागि सरकार, व्यक्ति र संस्थाहरूलाई आग्रहसमेत गरेको छ । 

    बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बधनप्राप्त आइएमटी कलेज काठमाडौँ, चितवन, पोखरा, बुटवल र बिराटनगरमा सञ्चालित रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार