काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज मङ्गलबारको अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४५ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६४ रुपैयाँ ८९ पैसा र बिक्रीमा १६५ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ८५ पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८३ पैसा पर्नेछ ।
त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा तोकिएको छ ।
विस्तृतमा हेर्नुस्