images
images

पर्यटनका लागि सँगसँगै : भूकम्प प्रभावितका लागि लर्न एण्ड कार्यक्रम

पर्यटनका लागि सँगसँगै : भूकम्प प्रभावितका लागि लर्न एण्ड कार्यक्रम

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • पर्यटनका लागि सँगसँगै : भूकम्प प्रभावितका लागि लर्न एण्ड कार्यक्रम

    काठमाडौँ / पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूले भूकम्प पीडितहरूका लागि राहत कोष स्थापना गरी प्रभावितलाई सहयोग गर्ने भएको छ । 
    पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूको बैठकले भूकम्प पीडितहरूका लागि राहत कोष स्थापना गरी प्रभावित क्षेत्रका व्यक्ति तथा परिवारलाई सरकार तथा सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा छिटोभन्दा छिटो सहयोग पु-याउने निर्णय गरेको हो । 

    images
    images

    पर्यटनसँग सम्बन्धित संघ संस्थाहरू हान, नाट्टा, टान, एनएमए, नारा, एओएएन, स्कल नेपाल, एनटीभीए, टीवान, पाटा नेपाल च्याप्टर, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टर लगायतले कार्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृत्युवरण गर्नुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकटसमेत गरेको छ ।

    भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी शीप अभिवृद्धि  तालिम सञ्चालन गरी अर्न एण्ड लर्नको अवधारणा अन्तर्गत कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ । 

    भूकम्पबाट प्रभावित क्षेत्र राजधानी काठमाडौँभन्दा करिब ५ सय किमी पश्चिममा रहेको र उक्त स्थानमा पर्यटनसँग सम्बन्धित प्रत्यक्ष गतिविधिहरू कम हुने भएको हुँदा यस प्रकोपका कारण नेपालको मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत समग्र पर्यटन क्षेत्र न्यून रूपमा प्रभावित भई सुरक्षित रहेको पनि जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार