काठमाडौँ / भाटभटेनी सुपरमार्केटले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भाटभटेनीले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम बराबरको चेक उपलब्ध गराएको हो।
भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सो रकमको चेक प्रदान गरेका हुन् । भूकम्प प्रभावितलाई राहतको लागि यथासक्य सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको निर्देशक गुरुङले बताए ।
तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएएका थिए । भूकम्प प्रभावितका लागि विभिन्न संस्थाहरूबाट सहयोग जुटिरहेको छ ।