images
images

प्रिजमार्क मार्केटिङको २८ बर्ष पुरा, अनुभवका आधारमा अझै परिष्कृत हुने प्रतिबद्धता

प्रिजमार्क मार्केटिङको २८ बर्ष पुरा, अनुभवका आधारमा अझै परिष्कृत हुने प्रतिबद्धता

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • प्रिजमार्क मार्केटिङको २८ बर्ष पुरा, अनुभवका आधारमा अझै परिष्कृत हुने प्रतिबद्धता

    प्रिजमार्क मार्केटिङले अग्रगामी उत्कृष्टतासहित एकिकृत मार्केटिङ सञ्चार क्षेत्रको नेतृत्व गर्दै २८ वर्ष पुरा गरेको छ।

    बहुराष्ट्रिय निगम, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रहरूसहित ग्राहकहरूको एक विस्तृत मन जित्न सफल भएको जनाएको छ । 

    उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाको लागि प्रसिद्धि कमाएको प्रिज्मार्क मार्केटिङले एकिकृत मार्केटिङ एजेन्सीको रूपमा २८ वर्ष मनाउँदै छ।
      
    हाम्रो २८ वर्षको यात्रा, हाम्रा विविध ग्राहकहरूलाई नविन र प्रभावकारी मार्केटिङ समाधानहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण भएको बताएको छ ।

    यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान ग्राहकहरूको अटुट समर्थनलाई बुझाएको कार्यकारी निर्देशक पंकज प्रधानले बताए । 

    आफ्नो बृहत् कार्यकाल भरि, प्रिज्मार्क मार्केटिङले उद्योगको गतिशील आवश्यकताहरू पूरा गर्न  मार्केटिङ रणनीतिहरूको विकास गर्न सक्षम रहेको कम्पनीले विज्ञप्तिमा भनेको छ । निरन्तर रुपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोणहरू अँगाल्दै आएको कम्पनीले जनाएको छ । 

    उत्कृष्टता, निरन्तर वृद्धि र एकिकृत मार्केटिङ कम्युनिकेसनको क्षेत्रमा अतुलनीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धतालाई झल्काएको कम्पनीको दाबी छ । 

    प्रिज्मार्क मार्केटिङको भावी दृष्टिकोण अभिनव मार्केटिङ समाधानहरूमा मार्ग नेतृत्व गर्नु रहेको भनेको छ । 

    २८ वर्षको अनुभवको साथ, प्रिज्मार्कले ग्राहकहरूलाई सफलता प्रदान गर्ने अग्रगामी रणनीतिहरू जारी राख्ने लक्ष्य राखेको छ। 

    नयाँ औद्योगिक मापदण्डहरू स्थापना गर्न आफ्नो टिमको समर्पण र विशेषज्ञता बढाउँदै गरेको विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार