images
images

आई.एम.ई.लाइफको क्रिकेटका खेलाडीहरू २५ लाख रुपैयाँको म्यादी जीवन बिमा

आई.एम.ई.लाइफको क्रिकेटका खेलाडीहरू २५ लाख रुपैयाँको म्यादी जीवन बिमा

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • images
    images
    आई.एम.ई.लाइफको क्रिकेटका खेलाडीहरू २५ लाख रुपैयाँको म्यादी जीवन बिमा
    images
    images

    काठमाडौं / आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाली क्रिकेटका खेलाडीहरूलाई बिमाड्ढ रु. २५ लाख बराबरकोे म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ।  

    images
    images


    आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । 

    कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गरिन लागेको कम्पनीले भनेको छ । 

    आई.एम.ई. लाइफ इन्स्योरेन्सले ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पु¥याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ । 

    युएई विरुद्ध उत्कृष्ठ प्रदर्शन गरि फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । 

    राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आई.एम.ई. लाइफ इन्स्योरेन्सले जनाएको छ । 

    साथै, इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ को फाइनल खेलका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार