काठमाडौँ / साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।
अघिल्लो कारोबारको दिन अर्थात गत शुक्रबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज पनि स्थिर रहँदै सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघको अनुसार आज तेजावी सुन पनि तोलामा १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।