images
images

यी कारण बढ्ने छ यसपालीको तिहारमा फूलको मूल्य

यी कारण बढ्ने छ यसपालीको तिहारमा फूलको मूल्य

शनिवार, कार्तिक १८ २०८०
शनिवार, कार्तिक १८ २०८०
  • यी कारण बढ्ने छ यसपालीको तिहारमा फूलको मूल्य
    काठमाडौँ/  विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने संकेत देखिएको छ । 
     
    सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो । 
     
    यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।  उनका अनुसार सोही माला गत वर्ष उपभोक्ताले रू एक सयसम्म तिरेर प्रयोग गरेका थिए ।    
     
    त्यस्तै, मखमलीको मालाको मूल्य थोकमा रू ४५ र खुद्रामा रू ६० देखि रू ७० पर्ने तामाङले बताए ।  उनका अनुसार मिक्स माला होलसेलमा रू तीन सय र खुद्रामा रू पाँच सयसम्म पर्ने देखिएको छ । 
     
    गोदावरी फूलको माला भने रू एक हजारदेखि रू तीन हजारसम्म पर्ने एसोसिएसनले अनुमान गरेको छ ।  
     
    गत वर्ष नौ लाख माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाखमात्र माला ल्याउन लागिएको छ । 
     
    गत वर्ष ३१ लाख माला खपत भएको बताइएको छ । गत वर्ष तिहारमा मात्रै रू २५ करोड फूलको कारोबार भएको थियो । यस वर्ष रू ३१ करोड २८ लाख कारोबार हुने अनुमान गरिएको छ ।  
     
    पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने देखिएको छ ।
     
     यस वर्षको तिहारका लागि ३५ लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । जसमा ३० लाख माला स्वदेशी उत्पादनले पुग्ने र बाँकी पाँच लाख छिमेकी मुलुक भारतबाट आयात गरिने भएको छ ।  
     
    पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।
     
     नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । 
     
    नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार