images
images

फूलैफूलका चाड तिहारअघि नै फूल फुलेपछि...

फूलैफूलका चाड तिहारअघि नै फूल फुलेपछि...

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • फूलैफूलका चाड तिहारअघि नै फूल फुलेपछि...

    खोटाङ / फूलैफूलको चाड तिहार अर्थात् भाइटीका यो वर्ष यही कात्तिक-२९ गते परेको छ । यो चाडमा दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर फूलमाला लगाइदिने परम्परा छ । तर, यसवर्ष खोटाङमा तिहारअघि नै फूल फुलेपछि दिदीबहिनीहरू चिन्तित बनेका छन् । 

    images
    images

    विगत वर्षमा तिहार अर्थात भाइटीकाभन्दा सात/१० दिनअघि मात्रै फुल्ने फूलहरू यस वर्ष जिल्लाका अधिकांश गाउँहरूमा दसै अगाडि नै फुलेका छन् । कतिपय गाउँमा रोपिएका फूलहरु फुलेर ओइलाइसकेका छन् भने कतिपय गाउँमा ढकमक्क छन् ।  

    माँझकिरात भनेर चिनिने खोटाङका अधिकांश किरातवस्तीमा भाइटीकादेखि हरिबोधनी एकादशीसम्म तिहार मनाउने चलन छ । एउटा घरका चेली (दिदीबहिनी)ले गाउँभरिका माइती (दाजुभाइ)लाई फूलमाला लगाइदिने गर्छन् । 

    माइती पुज्नका लागि रोपिएका फूल तिहार अगाडि फुलेपछि आफू चिन्तित बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटकी आस्था मगरले गुनासो सुनाए। “तिहार आउन अझै १३ दिन बाँकी छ । 

    अहिले नै फूल टिपेर राखौँ भने चिस्यान केन्द्र छैन”, उनले भने, “बारीको डिलभरि फुलेका फूलहरू जम्मा गर्ने हो भने धेरै मूल्यका छन् । सबै फूल बढीमा हप्तादिन रहन्छ होला । यस वर्ष कसरी फूलले पु¥याउने भनेर सोचीरहेकी छु ।” 

    खार्मीस्थित बोहोरीबोटमा धेरै माइती भएका चेलीको एउटै घरमा एक सय ५० भन्दा बढी फूलका माला प्रयोग हुने गरेको छ । धेरै माइती भएका चेलीहरु तिहारका लागि फूलको माला जोहो गर्न सयपत्री, गोदावरी र मखमली फूलको विकल्पमा जङ्गलमा पाइने फूल प्रजातिको चुरी र चुलेथ्रो खोज्न थालेका छन् । 

    बोहोरीबोटमा एउटै बंशका ४८ घर दुमी राईहरू बसोबास गरेका छन् । उनीहरू एउटा घरमा फूलमाला लगाइसकेपछि सबै जना जम्मा भएर पुनःअर्को घरमा गएर सामूहिक रूपमा फूलमाला लगाउने गर्छन् । 

    छोरीचेली र बाउमाइती हुल बाँधेर गीत गाउँदै गाउँभरि डुलेर फूलमाला लगाउँदा रमाइलोसमेत हुने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताए । 

    “तिहार छोरीचेली र बाउमाइती भेट हुने र शुभकामना आदानप्रदान गर्ने प्रमुख चाड हो । हामी यसलाई विशेष तरिकाले मनाउँदै आएका छौँ”, टोल सुधार समिति बोहोरीबोटका अध्यक्षसमेत रहेका उनले भने, “यस वर्ष तिहार अगाडि नै फूलहरू फुलिसकेका छन् । विगतमा जस्तो फूलैफूलको माला लगाउन पाइएला जस्तो छैन । यस वर्षको तिहार अलि खल्लो होला जस्तो छ !”

    शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनमा अध्ययन गर्ने विद्यार्थीले लगाएको फूल खेती पनि फुलिसकेका छन् । शुभम्का विद्यार्थीले यस वर्ष १० रोपनी जग्गामा सयपत्री, गोदावरी र मखमली प्रजातिका फूलहरू रोपेका थिए । विगत वर्षहरुभन्दा यस वर्षको तिहार ढिलो भएकाले पनि फूलहरु फुलिसक्न लागेको शुभम्का प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले बताए । 

    “विद्यार्थीहरूले यस वर्ष दश रोपनी जग्गामा फूल खेती गरेका थिए । सबै फूलहरु अहिले ढकमक्क फुलेका छन् । पहिलो चरणमा फुलेका फूललाई बीउको रूपमा प्रयोग गर्ने योजना बनाएका छौँ”, उनले भने, “यो अर्गानिक फूल हो । छिमाल–छिमाल फुल्छ । दोस्रो, तेस्रो छिमालको फूल चाँही तिहारका लागि बिक्री गर्ने तयारी गरिएको छ ।”

    कुटोकोदालोदेखि कम्प्युटरसम्म अध्ययन÷अध्यापन हुने शुभम् फाउण्डेशनका विद्यार्थीले उत्पादन गरेका फूलहरूमध्ये सयपत्री प्रति केजी रु २०० मा बिक्री गर्ने योजना रहेको जनाइएको छ । एक केजी सयपत्री फूलको चारवटा माला हुने प्रबन्ध÷निर्देशक राईले जानकारी दिएका छन् । 

    खोटाङ फूल उत्पादनका लागि उपयुक्त भूगोल भएको जिल्ला भए पनि कृषकहरुले अहिलेसम्म व्यवसायिकरूपमा फूल खेती गरेका छैनन् । जिल्लाका स्थानीय तहहरूले व्यवसायिक फूल खेतीका लागि कार्यक्रम बनाए पनि कार्यान्वयन भएको छैन । 

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फूलैफूलको चाड तिहार नजिकिएसँगै प्लाष्टिकका फूलहरूको बिक्री बढ्न थालेका छन् । प्लाष्टिकका फूल लगाउनु स्वास्थ्यका लागि हानीकारक हुने स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् । 

    तिहार अर्थात भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई फूलमाला लगाइदिएर मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने र दिदीबहिनीलाई दानदक्षिणा दिने चलन छ । परापूर्वकालदेखि मानिँदै आइएको तिहार चाडले धार्मिक महत्त्वसमेत बोकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार