images
images

मनै लोभ्याउने ढकमक्क गोदावारी, हेर्नुस् दर्जन तस्बिरमा

मनै लोभ्याउने ढकमक्क गोदावारी, हेर्नुस् दर्जन तस्बिरमा

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • मनै लोभ्याउने ढकमक्क गोदावारी, हेर्नुस् दर्जन तस्बिरमा

    काठमाडौँ / ढकमक्क फूल फुलेको देख्दा कसको मन लोभिदैन ! फूल जुनसुकै हो फुलेपछि सुन्दर देखिन्छ र हरकोहीलाई लाग्छ आहा ! फूलको आकर्षणमा सम्मोहित हुन्छ मान्छे । हरेकको घरघरमा फुल्ने गोदावारी विशेषगरी असोज–कार्तिक महिनामा यो फूल फुल्छ । दशैँ तिहारको लागि सयपत्री फूलपछि गोदावरी प्रयोग हुन्छ । यसबेला अत्यधिक मात्रामा फूलको माग हुन्छ । 

    images
    images

    गोदावारी फूलको एउटा प्रजाति हो । नेपालमा प्रसिद्ध यो फूल गमला अथवा जमिनमै पनि रोप्न सकिन्छ । सजावटमा समेत अत्याधिक प्रयोग गरिने यो फूलको बिरुवाको प्रजाति र साइजअनुसार मूल्य फरक–फरक हुन्छ । विशेषगरी गोदावरी फूल सेतो रातो, हरियो, पहेंलो र गुलाबी रंगको हुन्छ ।

    नेपाल फ्लोरिकल्चर एशोसिएन (फ्यान)को आयोजनामा ललितपुरको जावलाखेल खेल मैदानमा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा थरीथरीका गोदावारी फूलहरू देख्न सकिन्छ । मेलामा हालसम्म ७७ लाख रुपैयाँ बरारको कारोबार भएको र ३१ हजारले अवलोकन गरेको फ्यानले जनाएको छ । मेला कार्तिक १८ गतेसम्म चल्नेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार