images
images

तीन महिनामा हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

तीन महिनामा हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • तीन महिनामा हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडको नाफा चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा ९८.३५ प्रतिशत बढेको छ । गत आर्थिक बर्षको असोज मसान्तसम्ममा ५३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले समीक्षा अवधिमा १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

    images
    images

    बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । 

    समीक्षा अवधिसम्म यस बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । यो गत वर्षको भन्दा ७५.८६ प्रतिशतले धेरै हो । गत वर्ष यसको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । यस्तै, बैंकको सञ्चालन नाफा ९१.०४ प्रतिशतले बढेर १ अर्ब ५० करोड पुगेको छ । गत वर्ष बैंकको यस्तो नाफा ७८ करोड ९४ लाख रुपैयाँ रहेको थियो । 

    यस बैंकले इम्पेयरमेन्ट चार्ज बापत ७५ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष यस शीर्षकमा बैंकले ६५ करोड ८९ लाख रुपैयाँ छुटयाएको थियो । 

    चालु आर्थिक बर्षमा खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेको हो । गत वर्ष २.३१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले  बढेर ४.६७ प्रतिशत पुगेको हो। यस्तै, समिक्षा अवधीमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक छ । 

    हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १७ अर्ब ७ करोड रुपैयाँ कायम रहेको छ । 

    समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसाले बढेर १९ रुपैयाँ ५१ पैसा रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा रहेको थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा कायम रहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार