काठमाडौँ / काठमाडौँको न्यूरोडमा नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्यूरोड नेपाली जुत्ताघर सञ्चालनमा आएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित सञ्चालनमा आएको यो चौथो शोरुम हो ।
यसअघि पोखरा, बुटबल र जनकपुरमा तीनवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ । न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन् ।