images
images

मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँट, १२ हजार ३८१ जनाले पाए सेयर

मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँट, १२ हजार ३८१ जनाले पाए सेयर

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँट, १२ हजार ३८१ जनाले पाए सेयर

    काठमाडौँ / मिर्मिरे लघुवित्तको एफपिओ आज (बिहीबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १२ हजार ३८१ जनाले सेयर पाएका छन्। 

    images
    images

    जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०.४५ कित्ता सेयर पाएका हुन्। बाँकी १२ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाएका हुन्।  

    उक्त एफपिओमा कुल १३ लाख २१ हजार ५२६ जनाले आवेदन दिएकोमा १३ लाख २० हजार २०३ जनाको आवेदन मात्र स्वीकृत आवेदन भएको छ। बाँकी १ हजार २७६ आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।

    कम्पनीले असोज २५ गतेदेखि ३० गतेसम्म उक्त एफपिओ बिक्रीमा ल्याएको थियो। कम्पनीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपिओ निष्कासन गरेको हो।

    कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्कासन गरेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार