images
images

शरद ऋतुमा झन्डै १२ सय आरोहीले लिए आरोहण अनुमति, ६ करोड ९१ लाख राजस्व संकलन

शरद ऋतुमा झन्डै १२ सय आरोहीले लिए आरोहण अनुमति, ६ करोड ९१ लाख राजस्व संकलन

बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • शरद ऋतुमा झन्डै १२ सय आरोहीले लिए आरोहण अनुमति, ६ करोड ९१ लाख राजस्व संकलन

    काठमाडौँ / शरद ऋतुमा हिमाल चढ्न झन्डै १२ सय जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका हुन् । कात्तिक ८ (अक्टोबर २५) सम्म आरोहणको अनुमति लिनेमा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरूष र २३७ जना महिला आरोही रहेका छन् ।

    images
    images

    कुन हिमाल चढ्नको लागि कतिले लिए अनुमति ? 

    यस सिजनमा सबैभन्दा बढी आकर्षण आमादब्लम (६,८१४ मि.) र मनास्लु (८,१६३ मि.) हिमाल आरोहणका लागि देखिएको छ । यस् दुई हिमाल आरोहणको लागि करिब मात्रै सात सय १० आरोहीले अनमुति लिएका छन् । विभागको अनुसार आमादब्लमका लागि ३३९ जना पुरूष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका हुन्। त्यसैगरी, मनास्लु हिमाल चढ्न २३६ जना पुरूष र ६५ जना महिला गरी ३०१ आरोहीले अनुमति लिएका छन् । 

    यस्तै, हिमलुङ्गका (७,१२६ मि.) लागि १२५ जना, पुथा हिउँचुली (७,२४६ मि.) आरोहण गर्न ३३ जना, थापा पिक÷धम्पुस (६,०१२ मि.) चढ्न १५ जना, धौलागिरि (८,१६७ मि.) चढ्न २३ जना, बरुणत्से (७,१२९ मि.) चढ्न ३९ जना, सरिबुङ (६,३२८ मि।) चढ्न २१ जना, थोराङ पिक (६,१४४ मि.) चढ्न ३८ जना, नोर्बु खाङ (६,०८५ मि.) चढ्न १३ जना, पोखर खाङ (६,३७२ मि.) चढ्न १४ जनाले अनुमति लिएका छन् । त्यसैगरी, जुगल ४ (५,९३६ मि.), जुगल ५ (५,९२२ मि.) र जुगल ३ (६,१८४ मि.) चढ्न ६ जना, मकालु (८,४६३ मि.ं चढ्न ४ जनाले अनुमति लिएका छन् ।

    सगरमाथामा अनुमति लिनेको संख्या शुन्य ! 

    वसन्त ऋतुमा सबैभन्दा बढी भिडभाड हुने सर्वोच्च शिखर सगरमाथामा आरोहणका लागि शरद्मा एकजनाले पनि अनुमति लिएका छैनन् । सगरमाथा आरोहणका लागि शरद् अफसिजन मानिन्छ । वसन्त ऋतुमा आइसफल डाक्टरहरूले शिखरसम्मै डोरी टाँगेर बाटो बनाउने हुँदा धेरैको रोजाइ सगरमाथा आरोहण गर्ने हुन्छ । अहिले सगरमाथा आरोहण गर्न चाहनेहरूले आफैँ जोखिम मोलेर शिखरतर्फ लाग्नुपर्ने हुन्छ ।

    आरोहणमा अमेरिकी सबैभन्दा अगाडी 

    यस सिजनमा सबैभन्दा धेरै आरोही अमेरिकी रहेका छन् । अमेरिकाबाट एक सय २१ जना आरोही विभिन्न हिमाल चढ्न नेपाल आएका छन् । 

    अन्य कुन देशको कति ? 

    यस सिजनमा फ्रान्सबाट एक सय ४ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् । यस्तै, विभागको अनुसार चीनबाट ७८ जना, जर्मनीबाट ८६ जना, रसियाबाट ६० जनाले हिमाल आरोहण गर्न अनुमति लिएको छन् । त्यसैगरी, अस्ट्रेलियाबाट ३६ जना, अस्ट्रियाबाट ३४ जना, क्यानाडाबाट २७ जना, चेक रिपब्लिकबाट २० जना, डेनमार्कबाट २६ जना, इरानबाट १८ जना, इन्डियाबाट ३६ जना, इटालीबाट ३६ जना, जापानबाट ४९ जना, नेपालबाट ४४ जना, नेदरल्यान्डबाट १५ जना, पोल्यान्डबाट ४५ जना, रोमानियाबाट १५ जना, स्लोभाकियाबाट ११ जना, स्पेनबाट ४० जना, स्विडेनबाट १४ जना, स्विट्जरल्यान्डबाट ४५ जना, युनाइटेड किङडम (युके)बाट ६७ जनाले हिमाल आरोहणको अनुमति लिएको विभागले जनाएको छ ।

    1.JPG

    ६ करोड ९१ लाख रूपैयाँ राजस्व संकलन ! 

    विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण स्वीकृति बापत ६ करोड ९१ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। विभागका अनुसार कात्तिक ८ गते सम्ममा ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहण गर्न अनुमति लिएका थिए । 

    विभागले यस बर्षको शरद ऋतमा मनासलु हिमालबाट मात्रै ३ करोड ४० लाख ३७ हजार ८२० रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, आमादब्लमबाट १ करोड ९६ लाख ५८ हजार ६६२ रुपैयाँ राजस्व संकलन गरेको छ । 

    त्यसैगरी, धौलागिरि हिमालबाट २७ लाख ४३ हजार ५१५ रुपैयाँ, हिमलुङ्ग हिमालबाट ४१ लाख ५० हजार ३५० रुपैयाँ, मकालु हिमालबाट ४ लाख ७६ हजार १ सय रुपैयाँ, पोखर खाङबाट २ लाख ३२ हजार ३१२ रुपैयाँ, सरिबुङबाट ३ लाख ४८ हजार २८९ रुपैयाँ र थोराङ पिकबाट २ लाख ७ हजार ४८१ रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएका छ । 

    आरोहण अनुमति लिएका ४९ वटा हिमालहरु

    2.JPG

     

    3.JPG

    कीर्तिमानी आरोही निर्मल पुर्जाले सुरु गरे ‘स्काई–डाइभिङ’ 

    कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले हिमालय क्षेत्रमा व्यावसायिक स्काई–डाइभिङको सुरुवात गरेका छन् । उनी आफैँले पनि सगरमाथा क्षेत्रमा स्काई डाइभ गरेका छन् । उनले यसलाई ‘स्काई डाइभ निम्स दाइ’ नाम दिएका हुन् । निम्स दाइले पोखरा र सगरमाथा क्षेत्रमा स्वेदशी तथा विदेशीलाई स्काई डाइभसमेत गराइसकेका छन् । ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गरेका उनले आफ्नो महत्वाकांक्षालाई थप उचाइ दिन स्काई डाइभको औपचारिक सुरुवात गरेका हुन् । देशको पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने उद्देश्यसहित सगरमाथा स्काई डाइभ सुरु गरेको उनले बताएका छन्  ।

    Nims dai.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार