images
images

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

    काठमाडौँ / चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड यसै साता भित्र हुने भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार यसको प्री-अलोटमेन्ट भोली कात्तिक १३ गते सोमबार हुँदैछ । प्री-अलोटमेन्ट सम्पन्न भएसँगै यसै साता भित्र आइपीओ बाँडफाँड गर्ने योजना रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

    images
    images

    कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.३६ गुणा बढी आवेदन हो ।

    यता, चिरख्वाको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । यस अनुसार ८५ हजार ९३० जनाले सेयर हात पार्नेछन् । कम्पनीको आईपीओमा ११ लाख २६ हजार ७१५ हजारको हात खाली हुने भएको छ ।

    कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको छ । जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ। कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार