images
images

फ्लोरिकल्चर एशोसिएसनले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने, करोड बढीको कारोबार हुने मेलाका आकर्षण केके छन् ?

फ्लोरिकल्चर एशोसिएसनले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने, करोड बढीको कारोबार हुने मेलाका आकर्षण केके छन् ?

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • फ्लोरिकल्चर एशोसिएसनले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने, करोड बढीको कारोबार हुने मेलाका आकर्षण केके छन् ?

    काठमाडौँ / नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ । एशोसिएसनले नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी १६ औँ संस्करणको रूपमा गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्ने भएको हो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका हुने उक्त प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा सञ्चालन हुनेछ ।

    images
    images

    पुष्प विकास केन्द्र सह-आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पुर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एशोसिएनसले जनाएको छ । 

    news .jpg

    करोड बढीको कारोबार हुने 

    उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ५५ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ५ गरी जम्मा ६२ वटा प्रदर्शनी कक्षहरू रहने छन् । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको एशोसिएनका उपाध्यक्ष तथा मेलाका संयोजक सीताराम पन्तले बताए । गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

    प्रदर्शनीका विशेषताहरू

    प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराइने छ । 

    प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरूमा १. मिनियचर, २. स्पाइडर, ३. रिफ्लेक्स, ४. इन्कर्भ र ५. गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । 

    मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने छ। 

    प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ट हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।

    मेलामा नेपालमा विगत वर्षदेखि नै व्यवसायिक उत्पादन हुदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरूको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन् । 

    यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समावेश हुने छन् ।

    मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने घर आँगन तथा बगैँचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुनेछ। 

    पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिनेछ ।

    बिगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुनेछ। 

    मेलाको थप आकर्षणहरूमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरको आधारमा सोहि दिन बेलूकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकनकर्ताहरूलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने छ । 

    मेला अवधीभर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शुन्य मौज्दातमा खाता खोली ३ सय रुपैयाँ खातावालाको नाममा कृषि विकास बैंक लिमिटेडले जम्मा गरि दिनेछ । 

    साथै खाता खोल्ने ग्राहकहरूलाई मेलामा जुनसुकै फूल बिरुवा खरिदमा १० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको छ ।

    मेलाको उद्घाटन कार्तिक १४ गते मंगलवार, बिहान ११ बजे हुने कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गर्नेछन् । 

    कृषिमा आधारित हाम्रो देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प व्यवसायको विकास तथा प्रबर्द्धनको सम्भावना अझ बढी छ । 
    नेपालमा बि.सं. २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको इतिहास रहेको छ। यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो । 

    एशोसिएसनका अनुसार बि.सं २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो । २०४९ सालमा संस्थागत रूपमा फ्यानको स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायिक विकास, बिस्तार र प्रबर्द्धनले गति लिएको एशोसिएनको दावी छ । हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ। 

    हरेक वर्ष पुष्प व्यवसायको वार्षिक बृद्धिदर १० देखि १५४ को हाराहारीमा रहदै आएकोमा बिगत केहि वर्ष कोभिड महामारीका कारण नकारात्मक असर पर्न गई खुम्चिन पुगेको थियो । 

    तर पुनः आ.व. २०७९/८० देखि पुष्प व्यवसायले गति लिएको छ। हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ ।

    ११ हजार १६ भन्दा बढी (नर्सरी– ५०५, कट फ्लावर उत्पादक – ८०, कट फ्लावर खुद्रा व्यवसायी – १३७, पुष्प थोक व्यवसायी – ४, इनपुट सप्लायर्स – २५ र लुज फलावर उत्पादक – ३६५) पुष्प व्यवसायीहरू रहेका छन् । 

    पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजारभन्दा बढी जनशक्तिहरू रोजगार रहेको छ ।

    आ.व. २०७५/७६ मा पुष्पको बार्षिक कारोबार रु. २ अर्ब ४२ करोड रहेकोमा आ.व.२०७६/०७७ र आ.व. ०७७/७८ मा बर्षभरी कोभिड-१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यवसायिक कारोबारमा कमी आई जम्मा रु. १ अर्ब ६३ करोड मात्र भएको थियो । 

    यद्यपि, आ.व. २०७८/०८९ मा कोभिड-१९ को असर केही कम हुदा समग्र व्यवसायिक तथा आर्थिक क्षेत्रहरू केही चलायमान र सुधारोन्मुख हुँदा आ.व. २०७७/०७८ को तुलानामा करिब ३० प्रतिशतले पुष्पको बार्षिक कारोबारमा वृद्धि भई रु. २ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको थियो । 

    गत आ.व. ०७९/८० मा रु. ३ अर्ब ७ करोड भन्दा बढीको कारोबार भएको एशोसिएनले जनाएको छ। आ.व. २०७८/०७९ को तुलनामा यस आर्थिक बर्ष ०७९/८० मा करिब ३३.६३ प्रतिशतले बार्षिक कारोबारमा वृद्धि भएको छ ।

    गत आर्थिक बर्षमा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात रु ६८.१८ लाख र आयाततर्फ भने ३३.०६४८ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार