images
images

यी हुन् प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका २० कम्पनी, कुनको कति कित्ता ?

यी हुन् प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका २० कम्पनी, कुनको कति कित्ता ?

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • यी हुन् प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका २० कम्पनी, कुनको कति कित्ता ?

    काठमाडौँ / विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर अनुमति पखाईमा रहेका छन् । 

    images
    images

    २० कम्पनीले आईपीओ निष्कासनका लागि विभिन्न समयमा निवेदन दिएर सेबोनको स्वीकृतिको पर्खाइमा छन् । सेबोनका अनुसार २० कम्पनीहरूले १२ अर्ब ९० करोड ५ लाख ४ हजार रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । यस्तै, ५ कम्पनीले भने आइपिओ निष्काशनको लागि बोर्डबाट अनुमति पाइसकेको र हाल बाँकी तयारीमा जुटेका छन् ।

    आइपीओ निष्काशन अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकी कम्पनीहरुमा भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजीङ, हिमालयन रि इन्स्योरेन्स र सर्वोत्तम सिमेन्ट कम्पनी रहेका छन् ।  

    भिजन लुम्बिनी उर्जा कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता आइपीओ निष्काशन गर्नेछ । यसैगरी मुक्तिनाथ कृषि कम्पनीले १२ लाख १४ हजार कित्ता, नेपाल वेयरहाउजीङ कम्पनीले ११ लाख ४१ हजार २ सय ५० कित्ता, हिमालयन रि इन्स्योरेन्सले २ करोड ४९ लाख कित्ता (प्रिमियम मूल्यमा) आइपीओ निष्काशन गर्नेछ । त्यस्तै सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई आइपीओ निष्काशन गर्न हालै मात्र अनुमति पाएको छ ।

    यस्तै, सेबोनबाट स्वीकृति प्राप्त भएपछि अन्य २० कम्पनीहरूको पनि आईपीओ निष्कासनका लागि थप प्रक्रिया अघि बढ्नेछ ।

    २० कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति कित्ता ?

    १. डिस मिडिया नेटवर्क

    डिस मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबर १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले असार १२ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    २. दरम खोला हाइड्रो 

    दरम खोला हाइड्रो इनर्जीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीले भदौ ५ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

    ३. सान्भी इनर्जी

    सान्भी इनर्जीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा भदौ २७ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

    ४. रिचेट जलविद्युत

    रिचेट जलविद्युत कम्पनीले ११ करोड, ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४ सय ५० कित्ता शेयर विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले भदौ २९ गते निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

    ५. बेनी हाइड्रोपावर

    बेनी हाइड्रोपावरले २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा असोज ५ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

    ६. याम्बिलिङ हाइड्रो

    याम्बिलिङ हाइड्रो कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज १० गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    ७. एपेक्स हस्पिटालिटी

    एपेक्स हस्पिटालिटीले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज १२ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

    ८. माबीलुंग इनर्जी

    माबीलुंग इनर्जीले १८ करोड९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५ सय ३० कित्ता आइपीओ विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज १४ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

    ९. जगदम्बा स्टिल

    जगदम्बा स्टिलले ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा असोज १७ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

    १०. एसवाई प्यानल नेपाल

    एसवाई प्यानल नेपालले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर विक्रीका लागि निवेदन दिएको हो । कम्पनीले असोज १९ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    ११. सोलु हाइड्रो

    सोलु हाइड्रोले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज २३ गते निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

    १२. टक्सार पिखुवा खोला

    टक्सार पिखुवा खोलाले ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६ सय ६८ कित्ता शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज २६ गते निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    १३. हिम स्टार उर्जा

    हिम स्टार उर्जा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले जेठ ३१ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटिल रहेको छ ।

    १४. भुजुङ हाइड्रो

    भुजुङ हाइड्रो कम्पनीले १४ करोड ५५ लाख रुपैयाँ बराबरको १४ लाख ५५ हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमाभदौ १३ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

    १५. रिलायन्स स्पिनिंग मिल्स

    रिलायन्स स्पिनिंग मिल्स कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता (बुक विल्डिङ विधि) अइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

    १६. एकर्ड फर्मासुटिकल्स

    एकर्ड फर्मासुटिकल्स कम्पनीले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७ लाख ६ हजार ९ सय ९ कित्ता आइपीओ विक्रीका लागि निवेदन दिएको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले बोर्डमाा २०७९ पुस ४ गते निवेदन दिएको हो ।

    १७. ट्रेड टावर

    ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता आइपीओ विक्रीका लागि गत २०७९ असार १४ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

    १८. सानिमा हाइड्रोपावर

    सानिमा हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आइपीओ विक्रीका लागि निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले जेठ २६ गते निवेदन दिएको हो ।

    १९. कान्तिपुर टेलिभिजन

    कान्तिपुर टेलिभिजनले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा जेठ २८ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

    २०. आईएमई

    आईएमई लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्रीका लागि निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले असार २९ गते निवेदन दिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार