images
images

महँगी नियन्त्रण गर्ने लक्ष्यसहित रुसले १५ प्रतिशत बढायो ब्याजदर

महँगी नियन्त्रण गर्ने लक्ष्यसहित रुसले १५ प्रतिशत बढायो ब्याजदर

शनिवार, कार्तिक ११ २०८०
शनिवार, कार्तिक ११ २०८०
  • महँगी नियन्त्रण गर्ने लक्ष्यसहित रुसले १५ प्रतिशत बढायो ब्याजदर

    छिमेकी मुलुक युक्रेनसँगको युद्धमा होमिएको रुसको केन्द्रीय बैङ्कले १५ प्रतिशतले ब्याजदर बढाएको छ । समाचार संस्था बीबीसीका अनुसार रुसमा बढ्दो बजार महँगीलाई नियन्त्रणको लक्ष्यसहित केन्द्रीय बैङ्कले ब्याजदर बढाएको हो ।

    images
    images

    रुसमा यतिबेला सरकारको प्रक्षेपणभन्दा अधिक मात्रामा बजार महँगी बढिरहेको छ । रुस सरकारले बजार महँगी २ प्रतिशत आसपासमा रहने प्रक्षेपण गरे पनि तोकिएको सीमाभन्दा धेरैले महँगी बढेको छ । सेप्टेम्बर महिनामा रुसमा बजार महँगी ६ प्रतिशतभन्दा धेरैले बढेको थियो ।

    रुसको केन्द्रीय बैंक ‘द बैंक अफ रुसिया’ ले एकैपटक ७।५ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । ब्याजदर वृद्धि गर्नुको मुख्य लक्ष्य भनेको आन्तरिक बजारको मूल्यवृद्धिलाई नियन्त्रण गर्दै रुबललाई बलियो बनाउनु रहेको बताइएको छ । ब्याजदर वृद्धिसँगै आन्तरिक बजारमा खपत घटाउँछ । जसले दीर्घकालमा रुसको महँगीलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउने अर्थविद्हरूको विश्लेषण छ ।

    यसबाहेक, छिमेकी युक्रेनसँगको युद्धमा फसेपछि निरन्तर डलरसँग कमजोर बनिरहेको रुबललाई समेत बलियो बनाउने लक्ष्य केन्द्रीय बैङ्कको रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार