images
images

एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पद बहाली

एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पद बहाली

सोमवार, कार्तिक ६ २०८०
सोमवार, कार्तिक ६ २०८०
  • एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पद बहाली

    काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा सहित पदाधिकारीले केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली गरेका छन् । सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मा सहित पदाधिकारीले पद बहाली गरेका हुन् । 

    images
    images

    शर्मा सहित एनआरएनए उपाध्यक्ष गंगाधर गौतम,महासचिव बुद्धीसागर सुवेदी,सचिव लोक दाहाल,कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना,युरोप संयोजक चिन्तामणि सापकोटा पद बहाली गरेका हुन् । पद बहाली कार्यक्रममा एनआरएनएका पूर्व उपाध्यक्ष नारायण आचार्य सहितका अभियन्ता पद बहाली कार्यक्रममा उपस्थित थिए । 

    पद बहाली पछि एनआरएनए अध्यक्ष शर्माले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं शर्माले एनआरएनएको केन्द्रीय कार्यालय विदेशमा बस्ने नेपालीले १० डलर बचत गरेर बनाएको भन्दै यो कसैको बिर्ता नभएको बताए । 

    “एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहेको आयोगले स्वीकार गरिसकेपछि एकपक्षीय रूपमा शपथ गरेर संस्था कब्जा गर्ने नियत एउटा पक्षले राखेको देखियो,”शर्माले पद बहालीपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं भने,“हामीहरुले कामको आधारमा गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउने छौं।”

    निर्वाचन प्रणालीमा समस्या देखिएपछि आफूहरू पुननिर्वाचनको पक्षमा रहेको तर,अर्को पक्षले नमानेको कारण अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी शर्माको थियो । 

    शर्माले २ वर्ष अगाडि अर्को एनआरएन खोलेको विनोद कुँवर नेतृत्व समितिसँग एकीकरण गरेर बलियो र एकताबद्ध एनआरएन बनाउने बताए । 

    “गैरआवासीय नेपाली अभियानमा विदेशमा बस्ने सबै नेपालीलाई जोड्नु छ,” शर्माले थपे,“ विज्ञहरू अर्थविद् सबैको रोस्टर बनाउने,अभियानलाई देशको आर्थिक विकासमा जोड्ने छौं।”

    nrna.jpg

    आफूले नवमी दिन कार्यालयले आएर पद बहाली गरेको बिदाको समय भएको हुँदा दशैं बिदापछि केन्द्रीय कार्यालयबाट नियमित काम गर्ने जानकारी दिए । 

    शनिबार सम्पन्न भएको एनआरएनएको विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । शर्मा नेतृत्वको कार्यसमितिले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा,अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । 

    भेटमा प्रधानमन्त्री सहित नेताहरुले शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं सफल कार्यकालको कामना गरेका थिए । शर्माको नेतृत्वमा आएको नयाँ कार्यसमितिसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको सन्देश प्रधानमन्त्री,पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार