images
images

कुरिनटारमा सङ्घीय सरकारको १३ करोड लगानीमा १५ शय्याको अस्पताल सञ्चालन

कुरिनटारमा सङ्घीय सरकारको १३ करोड लगानीमा १५ शय्याको अस्पताल सञ्चालन

शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • कुरिनटारमा सङ्घीय सरकारको १३ करोड लगानीमा १५ शय्याको अस्पताल सञ्चालन

    मुग्लिन / चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।

    images
    images

    अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रूपमा विस्तार गर्न आवश्यक रहेको बताए । 

    अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकाले यसलाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न सकिने उनको भनाइ थियो । अस्पतालको सेवाबाट इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका जनता लाभान्वित हुने जनाइएको छ । 

    इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ४ कुरिनटारमै अस्पतालको आफ्नै भवन निर्माणाधीन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

    सङ्घीय सरकारको रु १३ करोड बजेटमा अस्पतालको १५ शय्याको भवन निर्माण भइरहेको छ । आगामी २०८१ सालसम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिइने उनले बताए । 

    भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उनको भनाइ छ । हाल अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु १३ लाख उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए । अस्पतालमा दुई चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

    स्वास्थ्यचौकीको रूपमा रहँदा नै  बाहिरी जिल्लाको समेत उपचार केन्द्र बनेको यस आधारभूत अस्पताललाई थप विस्तार गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार