images
images

ओरियण्टल होटल्सले वितरण गर्यो ५.२७ नगद लाभांश

ओरियण्टल होटल्सले वितरण गर्यो ५.२७ नगद लाभांश

शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • ओरियण्टल होटल्सले वितरण गर्यो ५.२७ नगद लाभांश
    images
    images

    काठमाडौं / ओरियण्टल होटल्स लिमिटेडले यस वर्षको ५ दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको असोज २५ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले कर समेत उक्त नगद लाभांश पारित गरेको थियो । असोज ११ गतेसम्म कम्पनीको शेयर कायम गरेको शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको कम्पनीले जनाएको छ ।

    असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ । सो मितिपश्चात कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीहरूको हकमा भने फुकुवा पत्र पेश गरेपछि बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजारको आधारमा नगद लाभांश वितरण गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार