images
images

घलेम्दी हाइड्रोको शेयर मूल्य समायोजन, कहिलेदेखि सुरु होला कारोबार ?

घलेम्दी हाइड्रोको शेयर मूल्य समायोजन, कहिलेदेखि सुरु होला कारोबार ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • घलेम्दी हाइड्रोको शेयर मूल्य समायोजन, कहिलेदेखि सुरु होला कारोबार ?

    काठमाडौँ / घलेम्दी हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयरका लागि कम्पनीको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम गरेको छ । 

    images
    images

    यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १७४.६० रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । यस आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् ।

    सेबोनले कम्पनीलाई केही समयअघि  हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो । अब यो कम्पनीले १ः२ अनुपातमा अर्थात् चुक्तापुँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धिधत संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार