images
images

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड, १ लाख २८ हजारले पाए शेयर, नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड, १ लाख २८ हजारले पाए शेयर, नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड, १ लाख २८ हजारले पाए शेयर, नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

    काठमाडौँ / माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

    images
    images

    क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । योग्य आवेदक रहेका ११ लाख ८५ हजार ६ सय ४२ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । यस हिसाबमा गोलाप्रथाबाट १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएका छन् ।

    कम्पनीले असोज १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    तिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/ सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login  सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार