images
images

नेप्सेमा सोनापुर मिनरल्सको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

नेप्सेमा सोनापुर मिनरल्सको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • नेप्सेमा सोनापुर मिनरल्सको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
    images
    images

    काठमाडौँ / आज बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यस शेयर कात्तिक १२ गते देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एसओएनए रहेको छ ।

    कम्पनीले सर्वसाधारण बैदेशिक रोजगारीमा रहेका नेपाली सामुहिक लगानी कोष र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १ करोड २३ लाख २ सय कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता गरेर कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

    नेप्सेले कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि १४२ रुपैयाँ ०१ पैसादेखि ४२६ रुपैयाँ ०३ पैसा सम्मको ओपन तोकेको छ । यही ओपन रेञ्जका आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआइएमबि एस क्यापिटलबाट हुने जानकारी दिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार