images
images

माथिल्लो मैलुङ खोलाको आइपीओ आज बाँडफाँट हुँदै, कतिले पाउलान् शेयर ?

माथिल्लो मैलुङ खोलाको आइपीओ आज बाँडफाँट हुँदै, कतिले पाउलान् शेयर ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • माथिल्लो मैलुङ खोलाको आइपीओ आज बाँडफाँट हुँदै, कतिले पाउलान् शेयर ?

    काठमाडौँ / माथिल्लो मैलुङ खोलाको आइपीओ आज शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज बिहान ९ः३० बजे आफ्नै कार्यालय, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गरिने छ । 

    images
    images

    माथिल्लो मैलुङको आइपीओ हात पार्न भाग्यकै भरोसा गर्नुपर्ने भएको छ । किनभने यसमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा लगानीकर्ताले १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । 

    जसमा १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ । तर आवेदन रद्द भएको खण्डमा भने सेयर पाउनेको संख्या केही तलमाथि हुन सक्नेछ । यस कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो । 

    रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९–२०२२ मा उक्त रेटिङ दिएको थियो । 

    यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ । कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार