images
images

कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना : कार्तिक ११ गतेसम्म यी सुविधाहरू पाइने

कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना : कार्तिक ११ गतेसम्म यी सुविधाहरू पाइने

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • कुमारी बैंकको बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना : कार्तिक ११ गतेसम्म यी सुविधाहरू पाइने

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयको लागि निरन्तरता दिएको  छ ।  

    नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘क्यास ब्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । 

    यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०÷५० जनालाई बैंकद्वारा २५ प्रतिशत  अधिकतम ५०१ रुपैँयासम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पिओएस, क्यू आर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ । 

    चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखि कार्तिक ११ गतेसम्मका लागि समेत निरन्तर रहने जनाएको छ । 

    साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘क्यास ब्याक अफर’ सँगै ‘बडा दशंै दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ । 

    यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्पmत रकम स्थानान्तरण (फन्ड ट्रान्सफर) कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा रु ५० क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्युनतम कारोबार रु १०० हुनुपर्नेछ ।  माथि उल्लेखित दुवै क्यास ब्याकहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।

    कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार