चर्चित समाचार
images
images

राजनीतिज्ञ र उपभोक्ता अधिकारकर्मीले ग्यास उद्योगीमाथि लगाएको आरोप तथ्यहीन : संघ

राजनीतिज्ञ र उपभोक्ता अधिकारकर्मीले ग्यास उद्योगीमाथि लगाएको आरोप तथ्यहीन : संघ

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    राजनीतिज्ञ र उपभोक्ता अधिकारकर्मीले ग्यास उद्योगीमाथि लगाएको आरोप तथ्यहीन : संघ
    images
    images

    काठमाडौँ / नेपाल एलपी ग्यास उद्योग संघले केही राजनीतिज्ञ र उपभोक्ता अधिकारकर्मीले ग्यास उद्योगमाथि लगाएको आरोप तथ्यहीन भएको भन्दै आपत्ति जनाएको छ।

    images
    images

    संघका महासचिव जीतबहादुर कार्कीले बुधबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री र व्यवसायीहरूलार्य जोडेर भ्रामक अभिव्यक्ति सार्वजनिक गरिएको भन्द्र गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

    एकै ग्यास उद्योगले हजारौँ मेट्रिक टन ग्यास भण्डारण गरी अर्बौ रुपैयाँ नाफा गरेको भन्ने जस्ता अभिव्यक्ति पूर्वग्रही भएको भन्दै संघले आपत्ति जनाएको छ ।

    नेपाल आयल निगमले असोज १४ गतेबाट लागू हुनेगरी मूल्यवृद्धि गरेको र सो निर्णय फिर्ता गरिएको सन्दर्भमा सञ्चार माध्यमहरूमा राजनैतिक व्यक्तित्व र व्यवसायीलाई अनावश्यक रुपमा जोडेर आरोप लगाइएको संघको भनाई छ। संघले हाल सञ्चालनमा रहेका ५८ उद्योगको भण्डारण क्षमता ६ लाख ९७ हजार २०० सिलिन्डर रहेको जनाएको छ। 

    संघको विज्ञप्तिमा भनिएको छ, “कुनै एक उद्योगले हजारौं मेट्रिक टन ग्यास भण्डारण गरी अरबौं रुपैयाँ नाफा गरेको भन्ने जस्ता पूर्वाग्रही अभिव्यक्तिप्रति यस संघ गम्भीर आपत्ति जनाउँदछ्र नेपाल सरकारले अत्यावश्यक वस्तु भनि तोकेको साथै नेपाल आयल निगमले नै तोकेको मूल्यमा उद्योगहरुको खरिद तथा बिक्री हुँदै आइरहेको व्यहोरा जानकारी गराउँदछौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार