images
images

कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना, आजदेखि सेवा प्रदान सुरू

कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना, आजदेखि सेवा प्रदान सुरू

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना, आजदेखि सेवा प्रदान सुरू
    images
    images

    काठमाडौँ / सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ । 

    बुधबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारू भएको छ । यसअघि बाँकेका नागरिकहरूले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको हो ।

    २०७८ चैत १७ गतेको मन्त्री परिषद वैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशला, रूकुमपश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारू गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्री श्रेष्ठले चुस्तदुरूस्तका साथ निर्णय कार्वान्यन गर्न लागि परेकी छिन् । 

    सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरू भोग्न पर्ने भन्दै आएका गुनासो न्युनीकरण गर्न आफु लागि परेको बताइन् । 

    ‘हाम्रो मातहतका कार्यलयमा सेवा लिन जाँदा विभिन्न खाले समस्याहरू भएको भन्दै समयसमयमा गुनासो आउने गरेको छ ।नागरिकहरूबाट आएको गुनासोलाई मैले नजिकबाट नियालेको छु ’, मन्त्री श्रेष्ठले भनिन्, ‘यस्ता खालका गुनासो न्युनीकरण गर्दै नापनक्सा तथा जग्गा प्रसाशन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्र्शी र गुणस्तरीय बनाउने कार्यमा म र मेरो नेतृत्वको सम्पूर्ण मन्त्रालय तथा विभागका कर्मचारीहरू क्रियासिल हुँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर निरन्तर कार्वान्वयन गरिरहेका छौँ ।’ 

    आम नागरिकहरूबाट आएको सुझावलाई मध्यनजर गरि आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि शाखा बिस्तार गर्दै जाने उनले बताईन् । 

    कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमनी दुवाडी, नापि विभागका प्रकाश जोशी, कार्यालयका प्रमुखहरू, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी लगायत जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार