images
images

इसेवाले व्यापार-व्यवसाय सजिलो बनाउन ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर यन्त्र’

इसेवाले व्यापार-व्यवसाय सजिलो बनाउन ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर यन्त्र’

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • इसेवाले व्यापार-व्यवसाय सजिलो बनाउन ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर यन्त्र’

    डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले पुनस् डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र सार्वजनिक गरेको छ। सिम कार्ड तथा वाई(फाई मार्फत इन्टरनेटमा जोडिएर इस्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने इसेवाले जनाएको छ। यार्सा टेकसँगको सहकार्यमा बनाइएको इस्पिकर यन्त्र पूर्णतस् नेपालमै बनेको यन्त्र हो। 

    images
    images

    इस्पिकर (eSpeaker) एक अडियो अलर्ट यन्त्र हो जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ। यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ। यस अगाडि, ग्राहक तथा व्यवसायीहरूले क्यूआर ९त्तच्० मार्फत आएको भुक्तानी पूरा भएरनभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो। कहिलेकाहिँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउनमा ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो। 

    त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो। उक्त स्क्रिनसट साँचो भएरनभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन। कुनै व्यवसायीहरूले आफ्नो कर्मचारी मार्फत व्यापार(व्यवसाय संचालन गर्दा कारोबार पूरा भएर नभएको यकिन गर्न समेत झन्झट हुन्थ्यो।

    एफ वान् सफ्ट ग्रुप टावरमा कार्तिक १ मा भएको इस्पिकर यन्त्रको लोकार्पण समारोह इसेवा प्रा। लि। का चिफ बिजनेस अफिसर आशिष गौतमले संचालन गरेका थिए। उक्त कार्यक्रममा बोल्दै एफ वान् सफ्टका डाइरेक्टर, सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए। 

    १५ वर्ष देखि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा नेपालको डिजिटल अर्थव्यवस्थालाई सुदृध पार्न इसेवाको मुख्य भूमिका रहेकोमा पनि उनले जोड दिए। त्यस्तै, उक्त कार्यक्रममा बोल्दै यार्सा टेकका सि।ई।ओ रहेका एन्।जे। सुवेदीले मात्र २ वर्ष अघि खुलेको यार्सा टेकले केही समय देखि यही यन्त्रको लागि रिसर्च र विकास गर्नमा लागेको बताएका थिए।

    इसेवासँग मिलेर विभिन्न प्रयोजनका लागि यसै यन्त्रको अझै विस्तारित भर्जनहरू पनि बनाउने बताए। त्यस्तै, एफ वान् सफ्टका प्रेसिडेन्ट विश्वास ढकालले इसेवा र यार्सा टेकको यस सहकार्यले देशमै प्रविधि सम्बन्धी धेरै कार्य गर्न सकिने तथा यसले उद्यमीलाई प्रोत्साहन गरेर अर्थतन्त्रलाई सकारात्मक सुझाव पार्ने बताएका छन्। उक्त कार्यक्रममा विश्वास ढकालले नै रु २५०० पठाई यन्त्रले कसरी काम गर्छ भनेर उपस्थित सबैलाई नमुना देखाएका थिए। त्यस्तै, फोनपेका सि।ई।ओ दिवस सापकोटाले पूर्णतस् नेपालमै बनेको यस प्रविधिले सुपथ मूल्यमै गुणस्तरीय सेवा दिएकाले यार्सा टेकलाई धन्यवाद ज्ञापन गरे। 

    उनले नेपाल जसरी टेक्नोलोजी र सफ्टवेयरमा अघि बढेको छ, त्यसरी नै हार्डवेयरको मामला पनि अघि बढेको बताए। त्यस्तै इसेवाका सि।ई।ओ जगदीश खड्काले यस यन्त्रले अंक चिन्ने तथा अंग्रेजी पढ्न गाह्रो हुने साना तथा मझौला उद्यमीहरूलाई यस प्रभावकारी टेक्नोलोजीले सहयोग पुग्नेमा विश्वस्त रहेको बताएका थिए। 

    कार्यक्रमका संचालक आशिष गौतमले यस यन्त्रले अहिले नेपाली तथा अंग्रेजीमा सेवा दिए पनि निकट भविष्यमा नेपालको स्थानीय भाषा मैथिली तथा नेवारी ९नेपाल० भाषामा पनि सेवा दिने जानकारी दिएका थिए। 

    इस्पिकर यन्त्र बजारमा आएसँगै यसले ग्राहक तथा व्यवसायी दुवैको अनुभवलाई सजिलो र सुलभ बनाउन ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ। यसले कारोबार पूरा भएको पुष्टि गर्नका लागि व्यवसायीले घरीघरी फोन हेर्नुपर्ने वाध्यताबाट मुक्त गरिदिएको छ। 

    इस्पिकर यन्त्रको साथले स्क्रिनसटको साटफेर, नोटीफिकेसनको पर्खाइ, खातावालाको उपस्थिति, फोन अन हुनु पर्ने वाध्यता लगाएतको झन्झटबाट व्यवसायी तथा ग्राहकलाई पनि मुक्त गरेको छ। कारोबारको जानकारी तुरुन्तै आवाजमार्फत पाइने हुनाले यसले सबैलाई सहज बनाउने विश्वास छ। इसेवाको सामाजिक सञ्जालमा देखिएअनुसार थुप्रै व्यवसायीहरू यस यन्त्रको पर्खाईमा रहेका छन्।

    इस्पिकर कसरी मगाउने ?

    इसेवाको वेब वा एपको प्रयोग गरी सजिलै इस्पिकर यन्त्र मगाउन सकिनेछ। यो यन्त्र अर्डर गर्नका लागि इसेवाको ‘न्यू सर्भिसेज’ मा गई ‘इस्पिकर रिक्वेस्ट’ छान्नुहोस्। तपाईंले उक्त फारम भरेर बुझाएपश्चात स्वीकृत भएपछि, नेपालभरी जहाँसुकै तपाईंले अनुरोध गरेको स्थानमा इसेवाले नै पुर्याउनेछ। 

    इस्पिकर यन्त्र दुई वटा तरिकाले मगाउन सकिनेछ। व्यवसायीहरूले एकमुस्ट रकम तिरेर वा मासिक महशुल तिरेर इस्पिकर यन्त्र मगाउन सक्नेछन्। अहिलेका लागि व्यवसायीहरूले एकमुस्ट रकम तिरेर नै इस्पिकर मगाउन सक्नेछन् भने मासिक महशुल तिरेर इस्पिकर मगाउने तरिका पनि छिट्टै ल्याउने इसेवाले जनाएको छ। एकमुस्ट रकम तिर्नेले वास्तविक मूल्य रु ४००० तिर्नु पर्नेमा अहिलेको चाडपर्वको अवसरमा व्यवसायीले रु ३६०० मै इस्पिकर पाउन सक्नेछन्। 

    साथै उक्त यन्त्रमा १२ महिनाको वारेन्टी पनि रहेको इसेवाले जानकारी गराएको छ। कार्तिक १ देखि इस्पिकर यन्त्रको अर्डर गर्न सकिने र छठपछि व्यवसायीहरूले उक्त यन्त्र पाउने इसेवाले जनाएको छ। 

    हाल, इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसै गरी देशभर रहेका २ लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा दुई करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । 

    इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार