काठमाडौँ / नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् (नेप्स)ले १० औँ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठकले कात्तिक २३ गते काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजे साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । आईपीओ निकाष्शन प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।