images
images

ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल भयौँ : प्रधानमन्त्री प्रचण्ड

ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल भयौँ : प्रधानमन्त्री प्रचण्ड

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल भयौँ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ / सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गरेका हुन् । आज बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री  प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गरे । 

    images
    images

    प्रधानमन्त्री  प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका हुन् । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पचासौँ लाख गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको र यो निकै ठूलो उपलब्धि भएको बताए । 

    ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं । यो निकै ठूलो उपलब्धि हो ।’

    त्यस्तै देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्त्वपूर्ण हुने भन्दै उनले गैरआवासीय नेपालीहरुबाट देशले धेरै अपेक्षा गरेको बताए । गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने तथा थप एकताबद्ध भएर अगाडि बढ्ने समेत उनले विश्वास समेत व्यक्त गरे । 

    एनआरएनएका अध्यक्ष आचार्यले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । पर्वतका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्री र प्रधानमन्त्रीले आचार्यलाई नागरिकता प्रदान गर्दै अभियानको सुरुआत गरेका हुन् । 

    यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले पनि नागरिकताको प्रमाणपत्र लिएका छन् । केसीको नागरिकता असोज २९ गते काठमाडौंबाट जारी भएको थियो । गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार