images
images

प्रिमियममा आईपीओ निष्कासन गर्दै मारूती सिमेन्ट

प्रिमियममा आईपीओ निष्कासन गर्दै मारूती सिमेन्ट

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • प्रिमियममा आईपीओ निष्कासन गर्दै मारूती सिमेन्ट

    काठमाडौँ / मारूती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले आईपीओ निष्कासन प्रस्ताव सहित कात्तिक २१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । उत्पादनमूलक क्षेत्रको कम्पनीको रुपमा धितोपत्र दोस्रो बजारमा मारूती सिमेन्ट्स पनि थप हुने भएको हो ।

    असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सभाले प्रस्तावित १० प्रतिशत कर समेत नगद लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

    कम्पनीले अग्राधिकार शेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवम् कम्पनी ऐन बमोजिम साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार