images
images

युनिलिभर नेपालद्वारा हालसम्मकै धेरै लाभांश दिने घोषणा

युनिलिभर नेपालद्वारा हालसम्मकै धेरै लाभांश दिने घोषणा

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • युनिलिभर नेपालद्वारा हालसम्मकै धेरै लाभांश दिने घोषणा

    काठमाडौँ / बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८०  सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई १ हजार ५ सय ८० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

    images
    images

    यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो । असोज २६ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश शेयरधनीहरूलाई वितरण गर्नेछ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

    गत बर्ष कम्पनीले १ हजार २ सय १५ रुपैयाँ प्रति कित्ताका दरले लाभांश वितरण गरेको थियो । आर्थिक मन्दीको समयमा पनि कम्पनीको नाफा वृद्धि भएको थियो । गत वर्ष मात्रै ८ अर्ब ४८ करोडको ब्यापार गरेको कम्पनीको नाफा नाफा १८ प्रतिशत बढेर एक अर्ब ८३ करोड रुपैयाँ पुगेको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार