images
images

बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ : प्रकाशमान सिंह

बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ : प्रकाशमान सिंह

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ : प्रकाशमान सिंह
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताए । उनले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्नेमा जोड दिए ।

    ‘अहिले हामीले देखिरहेका छौँ । अनुभव गरिरहेका छौँ । युवाहरु जो लाखौँलाख विदेश गइरहेका छन् । यो हाम्रो चुनौती हो । यसलाई हामीले कसरी मिट गर्ने, फेस गर्ने भन्नेबारेमा पार्टीले केलाउनु पर्छ’ उनले भने, ‘कृषिप्रधान देश भनिन्छ, तर नाम मात्रैको कृषि प्रधान देश भएको छ । किनभने खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको छ । जिल्लामा जाँदा खेत बाँझो छ, त्यसलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ ।’ 

    लाखौँलाख युवाहरु विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ । ‘दशैँमा बजार अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न हामी सरकारमा छौँ, जोड दिनुपर्छ, यत्तिकै चल्छ भनेर हुँदैन’ सिंहले भने, ‘इकोनोमी नै इम्पोर्टको आधारमा चलिरहेको छ । विदेशमा युवा पठाएर रेमिटेन्सबाट देश कति दिन चल्छ ? यसमा गम्भीर हुनुपर्छ । सकेसम्म चाँडो नीति पास गरेर त्यही अनुसारका कार्यक्रम ल्याउनुपर्छ ।’

    नेता सिंहले दशैँमा बजार अनियन्त्रित भइरहेको भन्दै नियन्त्रण गर्न कांग्रेसले सरकारलाई घच्घच्याउनुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार